आइतबार, माघ १३, २०८१

राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप दजनौँ घाईते,घाइतेहरुको उपचार हुँदैं

काठमाडौँ,७ चैत  । राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै निर्वाचन आयोगको कार्यालय घेराउ गर्न जाने क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

सोमवार राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा लगाएत नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए सोहिक्रममा उपप्रधानमन्त्री कमल थापा आफैं धर्ना बसेर ज्ञापन पत्र बुझाएका छन्

शान्ति बाटिकामा जम्मा भएका राप्रपाका नेता कार्यकर्ता कान्तिपथतर्फ अघि बढेपछि आयोगको मुल गेटबाट करिव ५० मिटर अगाडि नै प्रहरीले रोकेको थियो । त्यहाँ राप्रपाका नेताहरुले सम्बोधन गर्ने र आयोगमा ज्ञापनपत्र बुझाउने योजना थियो ।

तर, भिड प्रहरीलाई धकेन्दै अघि बढेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको छ भने प्रदर्शनकारीले सुरक्षाकर्मीतर्फ ढुंगा हानेका थिए । त्यसक्रममा प्रहरीको लाठीबाट राप्रपाका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री पशुपति शम्शेर राणासहितका थुप्रै नेता कार्यकर्ता घाइते भएका छन् ।

झडपका कारण कान्तिपथ क्षेत्र केहीबेर तनावग्रस्त बन्यो ।  धर्नामा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा स्वयंम सहभागी भएका थिए । धर्नापछि राप्रपा नेताहरुले आयोगमा ज्ञापन पत्र बुझाएका छन्, जसमा आयोगको निर्णय संविधान विपरित भएको भन्दै सच्याउन माग गरिएको छ ।

राप्रपाका नेता कार्यकर्ताले टायर बाल्दै सडकमै बसेर नाराबाजी समेत गरेका थिए ।