जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्च स्तरीय समितिका सदस्य देवमान हिराचनले गत जुलाई ३० मा सम्पन्न जापानको निर्वाचनलाई बदर गर्दै तत्काल आगामी कार्यकालको निर्वाचन गर्नका लागि गठित तदर्थ समितिका अध्यक्ष राजन प्रधानाङगले सो समिति विस्तार गरेका छन ।
एनआरएनए जापानको निर्बाचन र जापानबाट आईसिसीमा डेलिगेट्स पठाउने कार्यभार पुरा गर्न गरिएको निर्देशन बमोजिम समितिका सदस्यमा डा।केदार शंकर श्रेष्ठ, बिजेश थकाली, नारायण स्टेभेन्स र रमेश बाबु घिमिरेलाई मनोनीत गरेको प्रधानाङगद्वारा मंगलबार जारी अपिलमार्फत जनाईएको छ ।
प्रधानाङगद्वारा जारी गरिएको अपिलमा समन्वय उपसमितिको समेत गठन गरि संयोजकमा बिकाश श्रेष्ठ र सदस्यमा पेम्बा शेर्पालाई मनोनयन गरिएको उल्लेख छ ।
एनआरएनए जापानको विवाद समाधान गर्नका लागि शेष घलेको समयोजकत्वमा रहेको उच्च स्तरीय समितिले सदस्य हिराचन र भवन भट्टलाई दिएको ज़िम्मेवारी बमोजिम पारदर्शी ढंगले निर्णय भई आएको निर्णय र निर्देशन बमोजिम एनआरएनएको बिधान २००३ संसोधन २०२१ समेतको अधिनमा रही कार्य सम्पन्न गर्ने प्रतिबद्दता समेत सो अपिलमा जनाईएको छ ।
आईसिसिका उच्चस्तरीय समितिका अध्यक्ष शेष घले, आईसिसि अध्यक्ष कुमार पन्त, नेपाल राजदूतावास, टोक्योका कार्यबाहक राजदुत अम्बिका जोशी, आईसिसि कार्यालय काठमाडौँका सिइओ राजेश राणालाई बोधार्थ दिदै प्रकाशित गरिएको अपिलमा २०२१–२०२३ को जापन राष्ट्रिय समन्वय परिषद९एन एनआरएनए जापानको धाधलिरहित निर्बाचन सम्पन्न गर्ने, जापान एनआरएनएको सदस्यता इन्फर्मेसन प्रणाली एबम डाटा जापान एन आर एन ए ले आफै बनाउने, डेलिगेट्स प्रणाली पनि यहि प्रणालीको आधारमा तयार गरी सम्बन्धित निकायमा पठाईने र अन्य आवश्यक कार्यहरु यथासम्भब चाडै नै तदर्थ समितिले कार्यहरु गर्दै जाने जानकारी कार्यभार रहेको अनि उल्लेखित गरिएको छ ।
जापानी नेपाली दाजुभाइ दिदीबहिनीहरूका नाममा जारी गरिएको अपिलमा एनआरएनए जापानको स्थापनाको नेपाल र नेपालको संस्कृति समाज संस्कार सिकाउदै जानको लागि एउटा साझा संस्थाको आबश्यकता भएको लगायतका कारणले भएको स्मरण गराएका छन ।
जापानका क्षेत्रीय समितिहरूलाई आफ़नो कार्यतालिका अनुसार नै कार्य गर्न आग्रह गर्दै प्रधानांगले राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदको सम्बन्धलाई ख़्याल नगरी जापानका विगतदेखिका समस्याको समाधानमा आइसीसीले नजरअंदाज गर्दा हालका समस्याहरू जटिल बन्न पुगेको उल्लेख गरेका छन ।
जापान राष्ट्रिय समन्वय परिषद अन्तर्गत मिलेर बसेको सबै नेपालीका बिचमा आईसिसिले फाटो ल्याएर झगडा गराई बिभाजन गरेको आरोप लगाऊदै अध्यक्ष प्रधानांगले पत्रकारहरूलाई पित-पत्रकारिता गरेको आरोप पनि लगाएका छन ।
आर्थिक प्रलोभनमा परेर समाचारहरु प्रकाशित गर्ने गरेको, फेसबुकमा मनगढन्ते आक्षेप लगाई समाजलाई भाड्ने लेख समेत लेखेको आरोप लगाउदै प्रधानांगद्वारा जारी अपिलमा लेखिएको छ ।



