बिहिबार, मङि्सर २०, २०८१

टोकियोमा निधन भएका सिंहको दाहसंस्कारका लागि आर्थिक सहयोगको अपिल

टोकियो,३ चैत । विगत ६ वर्ष अघि कुक भिषामा जापान आएका बाजुराका अर्जुन बहादुर सिंहको बुधबार टोकियोमा दुखद निधन भएको छ ।

बुधबार जापान प्रहरीले सिंहलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी नेपाली दुतावासलाई दिएको थियो । दुतावासका अनुसार सिंहको मृत शरीर पोस्टमार्टमका लागि टोकियोको कान्दास्थित निहोन युनिभर्सिटी अस्पतालमा राखिएको छ ।
६ वर्षअघि १२( १५ लाख तिरेर जापान आएका सिंह दुई वर्षअघि सिंह मस्तिष्कमा म्यानिन्जाइटिस र क्षयरोगले ग्रस्त भएपछि टोकियोको मेट्रोपोलिसन तामा मेडिकल सेन्टरमा उपचार गरेका थिए ।

दुई बर्षअघि सिंहलाई नेपाली दुतावास , एनआरएनए जापानका अध्यक्ष सुदन थापा , सुदुरपश्चिमेली समाज लगायतका संघ ,संस्था,व्यक्तिहरुले सहयोग गरि उपचार गरिरहेका थिए ।

केही समयदेखि जापान आएको ऋण र भनेको जस्तो काम र तलब नपाएपछी अर्ध दिमाख हुन पुगेका सिंहको जापानमा नेपाली दलालीहरूले काग़ज़ी रूप उनको श्रीमति बनाई अरु मान्छे मोटो रक़म लिएर जापान ल्याएको समेत चर्चा चलेको थियो ।
यस्को बिषयमा क़सले खोजतलास गर्ने ,को हो आधिकारिक निकाय ? यस्ता घटना नरोकिए मानव तस्करी मौलाउदै जाने र ग़रीबहरू बौलाउदै जान्छन र अनन्त परदेशमा बेवारिसे भएर मर्नुको विकल्प छैन त्यसैले यस्ता विषयमा सम्बन्धित निकायको बेलैमा ध्यान जाओस ।

बस्ने ठाउ बिहीनभई बिचल्लीमा जिवन बिताइरहेका थिए । सिंहका नेपालमा श्रीमती र दुई छोरीहरू छन ।

यसैबीच सुदुरपश्चिमेली समाज जापानले सिंहको दाहसंस्कारका लागि आर्थिक सहयोग संकलन गर्ने जनाएको छ । समाजले जापानका सबै सामाजिक संघ ,संस्था , संगठन तथा सर्बसाधारणमा सहयोगको अपिल पनि गरेको छ ।

सुदुरपश्चिमेली समाज जापानको हुलाक खाता नम्बरस् १०१०० – ९१२८२९२१ मा रकम जम्मा गरि सहयोग गरिदिनु हुन विनम्र अनुरोध गरेको छ । sudur ac

मृतक सिंहको परिवार भन्छ एक पटक हेर्ने इक्छा छ ।  काठमाडौंसम्म् लास झिकाईदिन हारगुहार गरेको छ बाजुरा सोहि क्षेत्रका सांसद पेम्वा भोटे गुरुनका अनुसार यो गरिव घर परिवार उनकै आशमा थिए उनै मरेर गए दलालीहरुले कसरी फसाए जापान गएको ऋण पनि तिरिसकेको छैन त्यसैले जापानवासी सम्पुर्णमा सहयोग गरिदिन सांसद भोटेले अनुरोध गर्नु भएको छ ।