नागोया : जापानको नागोयामा पढाई गर्दै लमजुङे लमजुङे युवा गायक छबि लामाले आस्याङको छोरी नामको म्युजिक भिडियोको निर्माण गरेका छन् । उनले फुर्सदको समयलाई सदुपयोग गर्दै पहिलोपटक एल्वमको निर्माण गरेका हुन् ।
पूर्बी लमजुङको इलमपोखरीस्थित फुलुङगिरी स्थायी घर भएका गायक छविले तामाङ समुदायको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले पहिलोपटक एल्वमको निर्माण गरेको बताएका छन् । ‘अस्याङकी छोरी’ एल्बम सार्वजनिक भएसँगै गायक छवि सेलो संगीत जगतमा स्थापित भएका छन् ।
एल्बममा ‘आस्याङकी छोरी’, ‘चैत बैशाख’ ‘पाल्मो र डोल्मो’, ‘मोही त पार्ने ठेकीमा’, ‘धेरै माया’, ‘लिपेको डाडाँ’ जस्ता शिर्षकका ६ वटा गीतहरु समावेश गरिएको उनि बताउँछन् ।
म्युजिक भिडियोमा अनु र सोनाम पाख्रिनको अभिनय रहेको छ भने पासाङ योञ्जन लामाको निर्देशन र ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन् ।
गायक छबिकै शब्द संगीतमा रहेको गीतहरुमा सरलता, यर्थात विषयबस्तुमा रहेकाले दर्शकहरुको मन जित्ने पक्का रहेको उनि बताउँछन् ।
केही समय यता उक्त म्युजिक भिडियो युट्युबमा पनि आएको छ ।