जापान,३० फागुन । नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापान कान्तो क्षेत्रीय कमिटिको प्रथम अधिवेशन सुजन पन्तलाई अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ ।
सोमवार टोकियोमा नेकपा एमालेका सचिव,संगठन विभाग प्रमुख तथा पूर्व पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
अध्यक्षको आकाक्षा ११ जना भएपनि अन्तिममा सहमतिमा सुजन पन्तलाई अध्यक्ष चयन गरेको प्रवासी नेपाली मञ्च जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै उपाध्यक्षहरुमा अनु थापा ,महेन्द्र अधिकारी ,शंखर रिमाल र सचिवमा मदन चापागाई चयन हुनु भएको छ । त्यस्तै उप९सचिब बासुदेव कडेल ,कोषाध्यक्ष श्री कृष्ण अर्याल,सदस्यहरुमा शेखर अधिकारी,दिपा घिमिरे ,इन्द्र केसी,समर्पण गदेल,बिनोद खतिवडा,गोबिन्द ढकाल ,हरी पौडेल,टक्कर कुँवर,शिवराम ढकाल,बल बहादुर केसी गरि १७ सदस्य कमिती गठन गरेको छ ।
अधिवेशनलाई सम्वोधन गर्दै एमालेका सचिव तथा पूर्व पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले एमालेलाई चौतर्फी समर्थन आएपछि केहि यथास्थीतिवादी शक्तिहरु अतालिएको धारणा राख्नु भयो ।
प्रथम अधिवेशन आयोजक कमिटीको संयोजक देविलाल भण्डारीको सभापतित्वमा भएको खुल्ला सत्रमा सचिव बुद्धिराज घिमिरेले संचालन गरि सम्पन्न भएको थियो ।