टोकियो,२९ फागुन । गैरआवासीय नेपाली संघ जापानले सदस्यता एवम अधिवेशनको विषयमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
आज आईतबार दिनको सिनओकुबोस्थित नेपाली मुरा हलमा भएको पत्रकार सम्मेलन तथा नेपाल फेस्टिबल लगायत विषयमा आयोजित छलफल कार्यक्रम सम्पन्न भयो ।
एनआरएनए जापानले नयाँ सदस्यता वितरण अब मोवाईल एप्स मार्फत काम सुरु गरेको अध्यक्ष सुदन थापाले जानकारी दिनुभयो ।
आईतवार एक पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ सदस्यता लिने र पुराना पंजिकृत सदस्यहरुले समेत एप्स मार्फत नै नविकरण गर्न सकिने जनाएको छ। अब झोलामा सदस्यता फारम लिएर हिडने दिनको समाप्ति गरिएको भन्दै एनआरएनए जापानका अध्यक्ष थापाले आधुनिक प्रणाली मार्फत नै सवैले खुल्ला रुपमा सदस्यता लिन र नविकरण गर्न सकिने दावी गर्नुभयो।
एनआरएनए जापान नामक मोवाईल एप्सबाट यस्तो सुविधा दिईएको थापाले जानकारी दिनुभयो।
एनआरएनए जापानले आगामी अगष्ट १३ तारिकका दिन केन्द्रीय अधिवेशन सम्पन्न गर्ने मिति सार्वजानिक गरेको छ। भने दुई सेप्टेम्वरसम्ममा केन्द्रीय निर्वाचन सम्पन्न गरिसकिने छ । साथै १५ जुलाईसम्म १३ क्षेत्रिय समिति अधिवेशनसम्पन्न गर्ने मिति सार्वजानिक गरिएको १३ क्षेत्रिय समिति पुरयाईने जनाईएको छ ।
यस्तै २४ अगष्टका दिन टोकियोमा नेपाली महिलाहरुको महान चाड तीज कार्यक्रमको आयोजना गरिने जनाईएको छ। एनआरएनए जापान सदस्य सविता श्रेष्ठको संयोजकत्वमा तीज कार्यक्रममो तयारी गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो।
केहि झलक