कावासोती, २८ फागुन । ३ नम्बर प्रदेशको हेटौंडाबाट सुरु भएको एमालेको मेची(महाकाली राष्ट्रिय अभियान चितवन हुँदै नवलपरासीको कावासोती पुगेर आज विश्राम लिएको छ ।
आज शनिवार चितवन हुँदै कावासोती भिड खचाखच भएर गैंडाकोटर्फ समेत उल्लेख्य सहभागिता देखिएको थियो ।
नारायणगढ बजारको २ स्थानमा ठूला ठूला स्पीकर राखिएका छन् । त्यहाँ वरपर बसेर पनि सर्वसाधारण नागरिकहरुले एमाले सभा सुनिरहेका छन् । कार्यक्रमस्थलमा बिभिन्न जातजातिका झाकीहरु प्रर्दशन गरिएका थिए । चितवनमा दोस्रो जनआन्दोलनपछि यतिको धेरे संख्यामा मानिसहरु सडकमा उत्रिएको दाबी आयोजकको थियो ।
नेकपा एमाले चितवनले नवलपरासीको गैंडाकोटसम्म मेची महाकाली अभियानको टोली पुगेको थियो ।
कावासोतीको सभालाई संवोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेता तथा कर्यकर्तालाई देशको बिकास र समृद्धिका लागि एमालेमा आउनु आग्रह गरेका छन् । उनले भने ‘नेपाली कांग्रेस अव बुढो गोरु भएको छ । बुढो गोरु जोतेर अव अघि बढ्न सकिदैन । हिजो धेरै जोतियो, अव जोत्न सकिदैन । २५ बर्षअघिको नेता मदन भण्डारीको भनाईको स्मरण गर्दै ओलीले एमालेलाई अव कसैले रोक्न नसक्ने बताए । ‘२५ बर्ष अघि मदनले सुर्य आयो आयो, कसैले छेक्न सक्दैन भन्नुभएको थियो । अव म भन्छु एमाले आयो आयो । कसैले छेक्न सक्दैन ’ उनले भने ।
कावासोती सभालाई एमाले सचिव प्रदिप ज्ञवाली, स्थायी समिति सदस्य किरण गुरुङ, पोलिटव्यूरो सदस्य नागेन्द्र चौधरी र एमाले केन्द्रिय सदस्य तिलक महतलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
राप्रपाका केन्द्रीय सदस्यसहित नवलपरासीबाट १३ सय ९१ जना एमाले प्रवेश
एमालेले जारी राखेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा एमाले प्रवेश गर्नेको लहर चलेको छ । शनिबार नवलपरासीको कावसोतीमा आयोजित जनसभामा मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अमरनाथ शर्मासहित १३ सय ९१ जनाले एमाले प्रवेश गरेका छन् ।
राप्रपासँगै नेपाली कांग्रेस, माओवादीलगायतका दलबाट पनि एमाले प्रवेश गर्नेको लहर चलेको छ । एमाले प्रवेश गर्ने सबैलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले स्वागत गरे ।