बिहिबार, मङि्सर २०, २०८१

भारतसँग जवाफ माग्न सरकारलाई एमालेको आग्रह

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली प्रहारबाट कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको घटनाबारे भारतसँग जवाफ माग्नुपर्ने नेकपा एमालेले नेपाल सरकारसँग माग गरेका छन् ।

सीमा समस्या समाधानका लागि कुटनीतिक पहल गर्न पनि दलहरुले सरकारलाई सुझाव दिएका छन् ।

कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले गोली चलाएके थियो । उक्त गोली लागेर एक नेपालीको मृत्यु भएको छ ।

गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका थिए ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्दबजारमा बिहीबार एसएसबीको गोली प्रहारबाट ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । भारतीयहरुको ढुंगा प्रहारबाट नेपाली प्रहरीसमेत घाइते बनेका छन् साथै नेकपा एमालेले एसएसबीको गोली लागेर मृत्यु भएका गौतमलाई शहिद घोषणा गर्न माग गरेको छ ।dasgaja