बिहिबार, फागुन ०१, २०८१

टासी लामाको अध्यक्षतामा तामाङ कलाकार संघ जापान गठन

टोकियो,२६ फागुन । नेपाल तामाङ कलाकार संघ जापानको बुधवार पहिलो अधिवेशन सम्पन्न भएको छ । टोकियोमा सम्पन्न अधिवेशनबाट टासी लामाको अध्यक्षता २१ सदस्यीय कार्य समिति गठन गरेको छ ।

तामाङ जातीको कला ,सँस्कृति सँरक्षक र सम्वर्द्वन गर्नको लागि जापानमा विभिन्न पेशामा आवद्द तामाङ कलाकारहरु  आवद्द भएका हुन ।

किनसेचुस्थित कलाकार पूर्ण सिह तामाङ्को सुपर्ना एसियन इजागाया नामक रेस्टुराँमा भएको भेलाले गायक टाशी लामाको अध्यक्षतामा २१ जनाको कार्यसमिति सहितको ‘तामाङ कलाकार संघ ‘गठन भएको हो । भेलाले ले उपाध्यक्षमा नागोयाबासी गायक कर्म दोङ तामाङ्, महासचिवमा राज कुमार तामाङ्लाई चयन गरिएको छ । त्यस्तै सचिवमा सोम लामा, कोषाध्यक्षमा सम्झना लामा चयन भएकी छिन । सल्लाहाकारमा शिक्षा शान्ति वाइबा, राजेन्द्र लामा र रेशम लामा मनोनित भएका छन ।

संगठित कलाकारहरुले आफ्नो संगठनको कार्य शैलीलाई गोपनियता राख्दै तामाङ जातिको मौलिक परम्परालाई जिवित राख्नको लागि धार्मिक आस्थाको तुरुन्तै डकुमेन्टरीको निर्माण गरी स्वदेश तथा विदेशमा रहेको तामाङ जाती लगायत स्थानिय भाषामा पनि उल्था गरी विभिन्न देशमा पुर्याउने लक्ष्य रहेको  उपाध्य्क्ष कर्म दोङ तामाङले बाताए ।

यस् प्रथम अधिबेशन पत्रकार प्रेमिला गौचन र शिक्षा शान्ति वाइवाको रोहोवरमा भएको थियो । नव निर्बाचित कार्य समितिका पदाधिकारीहरुलाई सल्लाहाकार शिक्षा शान्ति वाइबाले शपथ ग्रहण गराएकी थिइन । अधिबेशन पस्चात सबै कलाकारहरुले आ आफ्नो कलाकारिता प्रस्तुत गरेका थिए ।