मङ्गलबार, बैशाख ३०, २०८२

चुनाव नचाहने तत्त्वहरुको षडयन्त्रमा सप्तरी घटना : गुरुङ

टोकियो । नेकपा एमालेका सचिव तथा पूर्व पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले एमालेलाई जनताको समर्थन देखेर आतिएर चुनाव नचाहने तत्वहरूको षडयन्त्रमा सप्तरी घटना गटाएको आरोप लाउनु भयो ।

बुधवार एक हप्ताको लागी जापान आउनु भएका नेता गुरुङ्ले एमालेको मेची महाकाली अभियान अन्तर्गत राजबिराजमा कार्यक्रम सकेर सो घटना भएकोले त्यस्को ज़िम्मा लोकतांत्रिक मधेसी मोर्चाले लिनु पर्ने धारणा राख्नु भयो । साथै सो  घटनामा अप्रत्यक्ष रूपमा गृह मन्त्रीको हात रहेको समेत आरोप लाउनु भयो ।

टोकियोको हानेदा एर्पोर्टमा नेता गुरुङ्लाई  प्रवासी नेपाली मञ्च जापानले भव्य स्वागत गरेको थियो । नेता गुरुङ्को स्वागतमा ओएनएफका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ,बाबुराम भण्डारी ,उप-महासचिब राजेन्द्र श्रेष्ठ,सचिवालय सदस्य पर्शुराम बस्नेत ,सदस्य देबीलाल भण्डारी ,बुद्दि घमिरे,कान्तो सदस्य हरि लामीछाने ,सुजन पन्तले खादा लगाई स्वागत गर्नु भएको थियो ।

पूर्व मन्त्री एवं एमाले सचिव गुरुङ प्रवासी नेपाली मंच कान्तोको अधिवेशन सफल पार्नको लागी जापान आउनु भएको हो ।