जापान,२५ फागुन । टोकियोमा आयोजना हुने छैठौँ जापानीज भाषा वक्तृत्वकला प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको छ।
यहि मार्चको तेस्रो साता कार्यक्रमका संयोजक शंकर बराईलीले प्रतियोगितामा १७ जना उत्कृष्टलाई छनाेट गरिएको जानकारि दिएका छन् ।
कार्यक्रमको छनोटमा परेका १७ जनाले फाईनका लागि प्रतिस्पर्धा गर्नेछन । यस प्रतियोगितामा प्रथम हुने सहभागीले पुरस्कार स्वरुप ५० हजार जापानी येन, दोस्रोलाई ३० हजार र तेस्रोलाई २०हजार येनका साथै दर्शकहरूको रोजाइमा पर्ने एकजना प्रतियोगिलाई १० हजार येन नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
कार्यक्रम प्रचारप्रसार संयोजक मदन चापागाईले कार्यक्रमको प्रचारप्रसारलाई तिव्र बनाइएको बताउदै सबै क्षेत्रबाट उल्लेख्य साथ र सहयोग मिलेको जानकारी दिएका छन् । यसका साथै कार्यक्रमलार्इ भव्य रूपमा सम्पन गर्नको लागि स्वयंसेवकका लागि समेत आवेदन खुला गरिएको छ ।
विगतका वर्षहरुमा समुदायको सहयोगमा संचालन हुने यस कार्यक्रम यस वर्ष भने संस्थाका अध्यक्ष जिज्ञानकुमार थापाको पहलमा रिस्योउ विश्वविद्यालयसंग समन्वय गरि संचालन हुने भएको हो ।