जापान । कोरोना संक्रमण रोक्न जापान सरकारले ठुला कन्सर्ट लगाएत कार्यक्रमहरुमा दर्शकको संख्यामा लगाएको सीमा हटाएको छ ।
देशभरमा कोरोना भाइरसको संक्रमण निरन्तर घटेसँगै पेशागत खेलकूद प्रतियोगिता र ठुला कार्यक्रमहरुमा लगाएको प्रतिबन्ध हटाएको हो ।
देशको सामाजिक र आर्थिक गतिविधिहरु सुचारु गर्ने पहल अन्तर्गत नोभेम्बर ३१ तारिख सोमबारदेखि लागू हुनेगरी सीमा हटाइएको हो । जापानको ४७ मध्ये २७ ओटा प्रिफेक्चरहरुमा यसअघि यस्तो सीमा कायम थियो ।
जापानभर हुने कार्यक्रमहरुमा अब ५ हजार वा कार्यक्रम स्थलको क्षमताको ५० प्रतिशतसम्म जुन धेरै छ सोही अनुरुप दर्शक राख्न सकिने भएको छ । जापानमा आपतकाल र अर्धआपतका लगाइएका टोकियो र अन्य क्षेत्रले बृहत स्तरका कार्यक्रम स्थलहरु १० हजार भन्दा धेरै दर्शक राख्ने अनुमति पाएका छन् ।
कोरोना संक्रमण बल्झिने सम्भावना कायमै रहेको भएपनि आयोजकहरुले थप दर्शकलाई आउन दिइने तयारी गर्न थालेका छन् ।
जापान सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाएको वा परीक्षणको नतिजा नकारात्मक आएको प्रमाणको परीक्षण गर्न सरकारले यस कार्यक्रमलाई पनि चयन गरेको छ ।

