शुक्रबार, कार्तिक २३, २०८१

जापानमा ग्याल्बो ल्होसार सांस्कृतिक कार्यक्रम गरि सम्पन्न

चसिला तामाङ,टोकियो । २१४४ मे मो च्यालो ग्याल्पो ल्होसारको अबसरमा जापानमा रहेका शेर्पाहरूकेा साझा संस्था शेर्पा संघ जापानले शुभकामना अदानप्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रमका साथमा ल्हेासार कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा आईसीसी मेम्बर ओम गुरुङ्, गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापा, तामाङ समाज,जापानको अध्यक्ष कर्म वाङहगेल लामा, मगर संघ जापानका अध्यक्ष दिपक बुर्जा मगर, थकाली सेवा समितिका सरद गौचन, मनाङ्ग सोसाईटी जापानका केसाङ्ग लामा, किरात राई समाजका रमेश राई, नेवा अन्र्तराष्ट्रिय मञ्चका राजन प्रधानांग र बिभिन्न संघ संस्थाको प्रतिनिधि अतिथिका रुपमा आमन्त्रित थिए ।
शुभकामना आदानप्रदान तथा सांगितीक कार्यक्रममा टोक्यो क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय र गैर शेर्पा नेपालीको बाक्लो उपस्थिति थियो । ल्होसारको शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पासाङ्ग शेर्पाले कार्यक्रमले जापानमा रहेका आम नेपालीहरुबीच सौहार्दता र सामिप्यता बढाएको बताएका थिए ।
गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापा र आईसीसी मेम्बर ओम गुरुङ् लगायत अन्य अथितिहरूले शेर्पा संघको ल्होसार बिशेष कार्यक्रमले जापानमा रहेका नेपालीहरुबीच अँझै एकता र भातृत्व बृद्धि हुने बिश्वास व्यक्त गरेका छन ।
कार्यक्रममा शुभकामना मन्तब्यकेा क्रममा यहँ। स्थित बिभिन्न सामाजिक एकल जातिय संस्था,समुहका प्रतिनिधिहरूले शेर्पा जाति नेपालमा मात्र नभइ बिश्वमै नेपालकेा इज्जत र सान राख्ने जातिकेा रूपमा चिनिएकेाले यस्ता मैालिक संस्कृतिहरू जगेर्ना गर्न सबैजनाले जेाड दिनुपर्नमा जेाड दिएका थिए
शेर्पा जातिहरूकेा मैालिक भेषभुषामा सझिएर उपस्थित सहभागीहरूले शेर्पाहरूकेा मैालिक परिकारका खाना तथा पेयपदार्थका साथमा बिभिन्न शेर्पा संस्कृति झल्काउने किसिमका मैालिक झाँकी तथा सामुहिक नृत्य स्याब्रुका रमेका थिए ।
औपचारीक कार्यक्रमको समापनपछी कलाकारहरु छिरिङ याङ्गजोम शेर्पा, विरेन्द्र विष्ट, असविर तामाङ्ग, कर्म दोङ्ग लगायतले आफ्नो सांगितिक प्रस्तुति राखेका थिए । त्यसैगरी अन्य कलाकारहरुले शेर्पा शेलो गितका साथै मौलिक नेपाली गितहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

स्थानिय कलाकारहरूले कार्यक्रमलाइ अ।कर्षक बनाउन बिभिन्न प्रस्तुतिहरू प्रस्तुत गरेका थिए भने कार्यकमका लागि अमेरिकाबाट अ।उनुभएका अतिथि कलाकार एबं नबेादित शेर्पा टुङना गायक सेानाम जाङबुकेा कर्णपृय टुङना गीत प्रस्तुत हुँदा सहभागि सबैजना नाचेर साथ दिन स्टेजमै झुमेका थिए । सबैजनाले गायक सेानामकेा मुक्तकण्ठले प्रसंशा समेत गरेका थिए । त्यस्तै अन्य अतिथिकलाकारहरू मिरा दर्लामी मगर,लक्ष्मी तामाङ लगायतले अ। अ।फनेा प्रस्तुति देखाइ कार्यक्रमलाइ थप रैानकता दिलाएका थिए ।
आयोजक शेर्पा संघ जापानले कार्यक्रममा कलाकारहरुलाई सम्मान तथा प्रसंशा पत्र प्रदान गरेको थियो । कार्यक्रममा एभरेष्टवाल डट कम, डिसिनेपाल, समता, समायोजनखबर मिडिया पार्टनरको रुपमा थिए भने डिसि नेपाल,सैलुङ अनलाईन,एभरेस्टफुजी.कमले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।
ल्होसार बिशेष कार्यक्रममा आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष पासाङ्ग शेर्पा प्रमुख अतिथि थिए । शेर्पा संघ जापानका अध्यक्ष ल्हाक्पा गेलु शेर्पाको सभापतित्वमा भएको कार्यक्रमलाई दावा शेर्पाले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य छोंबो शेर्पाले राखेका थिए ।