सोमबार, भदौ ३१, २०८१

मार्च ८ मा नेपाल तामाङ कलाकार संघ जापान गठन हुने

जापान,२३ फागुन । विविध कारणबस जापानलाई आफ्नो कर्मथलो बनाएका तामाङ कलाकारहरुको पहलमा नेपाल तामाङ कलाकार संघ जापान गठन हुने भएको छ ।

तामाङ भाषा, धर्म सस्कृति र कलाको जगेर्ना गर्ने उदेश्य सहित जापान बसाइमा रहेका तामाङ मूलका कलाकारहरूको सहभागितामा संघ गठनको तयारी भएको गायक राजेन्द्र लामाले जानकारी दिनुभयो । “ह्याङ्ला ग्योअी ह्याङ्लान काअी, जाम्बुलीङरीन ल्हेना लाअी” भन्ने नाराका साथ कलाकारिता क्षेत्रलाई अझ फराकिलो बनाउदै तामाङ समुदायमा केही परिवर्तनशिल काम गर्ने उदेश्यले मार्च ८ तारिख़ बुधबार गठन हुने अर्का कलकार टासी लामाले बताउनु भयो  ।

अध्ययन तथा रोजगारीको शिलशिलामा जापानमा रहेर पनि तामाङ गीत संगीतलाई निरन्तरता दिँदै आएका कलाकारहरु संघमा आवद्ध हुन सक्नेछन् । संघको औपचारिक घोषणा यही मार्च ८ तारीखमा एक कार्यक्रमकाबीच गर्ने तयारी भएको गायक लामाले बताउनु भयो । संघ गठनसँगै जापानका विभिन्न शहरमा बसोबास गर्ने तामाङ कलाकारहरुलाई एकातृत गर्न सकिने अपेक्षा गरिएको छ । @मिक्साङ वाईबा तामाङ