मङ्गलबार, बैशाख ०४, २०८१

जापानी नोट येन नेपाली बोट अर्गेलीबाट बन्ने

काठमाडौं,२२ फागुन ।  जापानी नोट येन बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ । सुन्दा अचम्म लागेपनि यही बिरुवाको बोक्रा बेचेर किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

अर्को आशालाग्दो तथ्यांक भेटिएको छ । त्यो हो मयिसच नेपालबाट आर्थिक बर्ष २०७२,७३ मा ६० हजार किलो अर्गेलीको बोक्रा जापान निर्यात भएको छ । जसको मूल्य ३ करोड ५५ लाख ४२ हजार ६ सय ९५ रुपैयाँ बराबर हुन्छ । अर्गेलीको बोक्रा जापानी नोट बनाउन प्रयोग हुन्छ ।

अर्गेली पहाडी भेगमा पाइने एक प्रकारबो बिरुवा हो । जसको बोक्रा नेपालमा हाते कागज बनाउन प्रंयोग गरिन्छ ।