बुधबार, माघ १६, २०८१

जापानमा मोड्लिङ गर्दै आएकी अपेक्षा भन्छिन् सोचाई बदलिनु पर्छ

पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा आफ्नो करियर बनाउन प्रवेश गर्ने नयाँ मोडलहरु धेरै भेटिने गरेका छन् ।
रहर वा देखावटी जे भएपनी आफनो करियर बनाउनको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ भन्दा फरक नपर्ला । यस रंगीन पानाभित्र रंगमंच गरेर भविष्य छैन भन्ने पनि भेटिने गरेको छ ।
मोडलिङ् क्षेत्रमा भविष्य छ या छैन त्यो आफ़नो ठाउमा होला तर धेरै युवाहरू सफलताको सपना बोकेरै यसक्षेत्रमा हाम फालेका छन ।
देश छाडेर परदेशमा आएर पनि मोडलिङ क्षेत्रबाट आफनो करियर बनाउन लागेकी छिन् । नेपाल पुर्व धरानकी अपेक्षा लिम्वु ।
एसएलसि धनकुटा सकेर काठमाडौमा स्नातक तेस्रो वर्ष पढ्दा पढ्दै गर्दा हाल उच्चशिक्षाको लागि जापान आएकी लिम्वुले सात वटा म्यूज़िक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । परदेशको भूमिमा यति छोटो समयमा आफ्ना अध्ययन र काम गर्दै यतिको प्रगति गरेर धेरै कुरा सिकेकी बताउने लिम्वु भविष्यमा राम्रो मोडल र वृद्ध आश्रम खोल्ने सोचाइमा छिन् । बृद्ध अश्रमका बृद्धाहरुसेवा गर्ने बिचार रहेको बताउने अपेक्ष सानैदेखि अभिनयको सोख चढेको बताउछिन् उनै मोडल अपेक्षा लिम्वुसँग मातृ सन्देश डट कमको लागि शान्त पहरीले गरेको कुराकानी :-

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ? 
-अहिले म आफ्नो पढाईको गाक्कोको अन्तिम सेमेस्टरको पर्खाईमा छु ।
जापान आएको कतिजति भो ?
– ८ बर्ष जती भयो ।
अध्ययनसगै मोडलिङ पनि गर्नु हुन्छ कति भयो यसक्षेत्रमा प्रवेश गरेको ?
-मैले अध्ययनसंगै पार्ट ताईम २००७ सालदेखी यस क्षेत्र प्रवेस गरेको हो, सुरुमा मामा भीषण मुकारुङ राईले २००८ तिर अफर गर्नु भएको हो ।
कति वटा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ?
-अहिलेसम्म ७ वटामा गरेको छु ।
समय कसरी मिलाउनु हुन्छ ?

 स्टुडेण्ट हो त्यसैले पढाई कलेज छुटीको दिन पारेर समय मिलाउछु ।

तपाई कतै बजारमा जाँदा सबैभन्दा मनपर्ने लुगा तपाईको कुन हुन्छ ?
-मलाई मोहक बनौने कपडा भनेको जिन्स हो अझ त्यसमाथि रक्स अनि फाटेको होस ।

एउटा म्युजिक भिडियो खेल्दा त्यस म्युजिक भिडियोका निर्माता, निर्देशकले एउटा मोडलसँग के अपेक्षा गरेका हुन्छन् ?
-दर्शकले रुचाउने न्यू फेस साथै अरु भन्दा भिन्न टाईपको एक्टिंगको अपेक्ष गर्नु भएको हुन्छ जुन दर्शकहरुले रुचाउने र आफनो म्यूजिक भिडियो वा गित हिट होस् भन्ने अशय गर्छन ।apexaअनि अपेक्षासंग आम नेपालीले के अपेक्षा गर्ने ?
– आगामी दिनहरुमा म परबिदेश मै भए पनि नेपाली पन झल्कौने कार्यक्रममा सहभागि भैरहन्छु । सोचेको जस्तो ओफ्फेर आयो भने पक्कै पनि फेरी यहाँहरुको माझ आउने छु । समाजमा धेरै कुराहरु अपाच्य पनि हुन्छ त्यसैले हामी युवाहरुको पोजेटिप सोचाई हुनुपर्छ ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

  • छिल्लो समय जापानमा नेपाली कलाकारहरु धेरै बढदै गएको छ र कलिउडले निक्कै प्रगती गरेको छ । परदेशमा पनि आफनो कला संस्कृति जोगाई राद्यन हरपल मेहनत गरिरहुने सबैमा आभारी छु ।
    मेरो कलालाई माया गरी अझै राम्रो लेवेलमा लग्न सहयोग गर्नु होस्,नेपाली कलाकारलाई माया गरिदिनुहोस । आम सम्पुर्णे यो क्षेत्रलाई पनि सफा आँखाले हेरिदिनु अनुरोध गर्दछु विशेष गरि मलाई छोटो कुरा राख्ने अवसर दिनुभयो मातृ सन्देशको टिमलाई धन्यनवाद दिन चाहन्छु ।