बुधबार, असोज ०२, २०८१

सीमा रक्षकको सम्मानमा एमालेको मेची महाकाली अभियान

नागोया,२१ फागुन । प्रवासी नेपाली मंच जापान चुबु समन्वय कमिटीको प्रथम भेला तथा अन्र्तक्रिया सम्पन्न भएको छ ।
आज शनिवारका दिन नागोयामा सम्पन्न भएको प्रथम अधिबेशन तथा अन्तरकृया कार्यक्रमलाई पूर्व स्वास्थमन्त्री तथा नेकपा एमाले केन्द्रिय सल्लाहकार सदस्य खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा अतिथिको रुपमा प्रवासी नेपाली मंच ओएनएफ राष्ट्रिय कमिटीका कार्यबाहक अध्यक्ष बलराम भुषाल , उपाध्यक्षहरु मोहन रायमाझी,कुलचन्द्र खरेल ,सिदार्थ श्रेष्ठ,महासचिव सुरेश केसी,सचिव विकास पौडेल, सद्स्य प्रकाश ढकाल,राजु तिवारी ,राजेन्द्र थापा ,एनआरएनए जापानका सचिव बुद्धिराज घिमिरे,चितवन समाजका अध्यक्ष सरोज कडेल ,फोनिज जापानका अध्यक्ष तथा पत्रकार शान्त पहरी लगायतको सहभागि रहेको थियो ।

प्रवासी नेपाली मंच ओएनएफ राष्ट्रिय कमिटीका कार्यबाहक अध्यक्ष बलराम भुषालले जापानमा एमाले अहिले महासागर भैसकेको छ कमिटीमा बैठकमा प्रष्ट कुरा राखम गुटउपगुटको मतभेत नराखि एक भएर अघि बढ्न अपिल गर्नुभयो ।
त्यस्तै प्रमुख वक्ताको आसनवाट बोल्दै पुर्व मन्त्री समेत रहेका एमाले नेता अधिकारीले आवेग र अत्तेजनले सन्तुलन गुमाउने बताउँदै आज झापावाट सुरु भएको एमालेको मेची महाकाली यात्रा सीमा रक्षकको सम्मानमा गरेको बताउनु भयो ।


अव नेपाल सबैको साझा फुलवारी हुने र एकताको सुत्रमा रहने भन्दै आदिवासी जनजाति ,दलित ,महिलालाई प्रदेशको प्रमुख एमालेले बनाउने भन्दै नेपालको सबै भाषाभाषि राष्ट्रिय भाषा हुने बताउनु भयो ।  

अशोक चन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रम राजेन्द्र थापाले संचालन गरि सम्पन्न भयो  ।  nagoya4nagoya3nagoyanagoya2nagoya7nagoya5