आइतबार, माघ १३, २०८१

एमालेको पन्ध्र दिने मेची–महाकाली राष्ट्रिय अभियान आजबाट सूरु

झापा,२१ फागुन । नेकपा एमालेले आज शनिबारदेखि प्रारम्भ गर्ने पन्ध्र दिने ‘मेची–महाकाली राष्ट्रिय अभियान’ को रौनकले सिंगो झापा जिल्लालाई छोएको छ ।
आज शनिवार बिहान १० बजेदेखि मेची पुलनजिकैको भन्सार विन्दुबाट सुरु हुने जनाएको छ ।
पन्ध्र दिने मेची–महाकाली राष्ट्रिय अभियानको उद्घाटनको तयारी कस्तो छ त रु झापाको सोही क्षेत्रबाट निर्वाचित एमाले सांसद् तथा झापा इन्चार्ज रवीन कोइरालाले बताए, मेची महाकाली अभियानको उद्घाटनलाई भव्य बनाउन हामी लागिपरेका छौं । भोलि बिहान १० बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले संक्षिप्त सम्बोधन गर्नु भएपछि अभियान प्रारम्भ हुनेछ ।’

अभियानको उद्घाटनका बेला झापाका स्थानीय आदिवासी, जनजातिहरुले जातीय पहिचानसहितको झाँकी निकाल्ने, साँस्कृतिक कार्यक्रमहरु हुने पनि कोइरालाले बताए । उनले भने,  उद्घाटनका क्रममा स्थानीय राजवंशी, धिमाल, खरिया, बुराउ र मेचे जातिका जनताले आफ्नो पहिरनसहित झाँकी प्रदर्शन गर्ने एमालेले जनाएको छ ।

अभियान प्रारम्भ हुने थलो काँकडभिट्टामा २० हजार जनता उपस्थित हुने पनि कोइरालाले बताए । उनले भने, ‘काँकडभिट्टाबाट अभियान सुरु भई बिर्तामोडमा हुने १ बजेको जनसभामा पनि लाखौं जनताको उपस्थिति रहने अनुमान एमाले झापाकाृ छ ।

बिर्तामोडमा हुने १ बजेको सभा टुंगिएपछि सोही जनलहर दमकमा आइपुग्नेछ । दमकमा दिउँसो ३ बजे सभा राखिएको छ ।

सो अभियानमा सहभागी हुन एमाले अध्यक्ष ओली, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालका साथै केन्द्रीय तहका नेताहरु सम्वोधन हुने एमाले सचिव पृथ्वी सुब्वा गुरुङले बताए ।