शुक्रबार, साउन ०४, २०८१

फागु पूर्णिमा पर्वमा इच्छा विपरीत जबर्जस्ती रङ दले कार्वाही : गृह

काठमाडौं,२० फागुन । गृह मन्त्रालयले फागु पूर्णिमा पर्वमा अर्काको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्नेलार्इ कारबाही गर्ने चेतावनी दिएको छ ।

साथै फोहर छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न गृहले अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा आज जारी विज्ञप्तिमा त्यस्तो काम कोही कसैले नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न भनेको छ ।

मन्त्रालयको सूचना विपरीत कसैको इच्छा-स्वीकृतिबिना रङ दल्ने र लोला हान्ने काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।

यस वर्ष पहाडी जिल्लामा यही फागुन २९ गते र तराइका जिल्लामा ३० गते फागुपूर्णिमा मनाइँदैछ ।