जापानमा हुने ग्याल्पो ल्होसारको तयारी पुरा

टोकियो,१९ फागुन । शेर्पा समुदायको महान चाड गेल्पो लोसार तथा नव बर्ष ‘ २१४४ मे मो च्या लो ‘ ल्होसारको पावन अवसरमा शेर्पा संघ जापानले भव्यताका साथ ल्होसार कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उक्त ल्होसार कार्यक्रम जापानको टोकियोस्थित मन्दिर रेष्टुरेन्टमा यही मार्चको ५ तारिख हुने भएको छ । विहान ११ बजेदेखि वेलुकी ६ बजेसम्म हुन लागेको ल्होसारको सम्पुर्ण तयारी पुरा हुनका साथै ल्होसार कार्यक्रम विभिन्न अनलाइन मिडियाहरुबाट प्रत्यक्ष प्रशारण गर्न लागेको जनाएको छ । शेर्पा संघ जापानका अनुसार  ल्होसार भब्य र भरपुर मनोरन्जनात्मक बनाउन संस्थाले सबैलाई उपस्थित हुन अनुरोध गरेको छ ।
कार्यक्रममा अमेरिकामा बसोबास गर्दै आएका गायक सोनाम जाङबु शेर्पा ,स्थानीय कलाकारहरु कर्म दोङ ,अस्बीर तामाङ लगयात विभिन्न स्थानीय कलाकारहरुको साथमा शेर्पा जतिको सास्कृति झल्काउने गीत तथा नृत्यहरु र डीजे हुन लागेको आयोजक संस्था शेर्पा संघ जापानका अध्यक्ष गेलू शेर्पाले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया