जसपा प्रवास विशेष समितिको संगठन सुज अभियान

जापान । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास विशेष समितिले संगठन सुदृढीकरण तथा जन जागर (सुज) अभियान अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ।

जसपा नेपालको केन्द्रिय शिर्ष नेता डा. बाबुराम भट्टराई उपेन्द्र यादव अशोक राई र राजेन्द्र श्रेष्ठको उपस्थितीमा रहने कार्यक्रम १२ सेप्टेम्बर आइतबारका दिन नेपाली समय दिउँसो ३ बजे देखि सुरु हुने प्रवास विशेष समितिका महिला संयोजक सरिता ढकाल ले जानकारी दिनुभयो ।

सबै उत्पीडित श्रमजीवी वर्ग र राष्ट्रियताहरुको मुक्तिको निमित्त पार्टी निर्माणको यस महान अभियानमा एकतावद्ध होऔ भन्ने मुल नाराका साथ प्रवास विशेष समिति जनता समाजवादी (जसपा) द्वार,आयोजना गरिएको कार्यक्रम (जुम) भर्चुअल माध्यमबाट हुने र उक्त कार्यक्रम नेपाली समय अनुसार मध्याह्न ३ बजेबाट सुरु हुनेछ ।
आयोजकले शुभचिन्तक एव शुभेच्छुक संचारकर्मीहरुको लागि तल उल्लेखित जुम आईडी र पासकोड मार्फत जोडिन समेत आग्रह गरेका छन |

Zoom : ID: 2178082149
Passcode- 2021

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: