बिहिबार, असोज २४, २०८१

दक्षिण कोरियामा उदयपुरे संगठित

सोलू । विभिन्न पेशा व्यवसायको शिलाशिलामा दक्षिण कोरियामा रहेका उदयपुरेहरुको एक भेलाले उदयपुरे सेवा समाज दक्षिण कोरिया गठन गरेको छ ।
यही आइतवार भएको भेलाले उदेयपूरेहरूको साझा संस्थाको रूपमा गठन गरेको हो । परदेशि समस्या र ज़िल्लाको बिकासको काममा सहयोगी उद्देश्यले संगठित भएको सल्लाहकार संजीब राईले जानकारी दिनु भयो ।
गत एक महिना अगाडि गठन गरिएको तदर्थ समिती बिघटन गरि दक्षिण कोरियाको राजधानी सोलमा सम्पन्न बृहत भेलाले श्री मधुकर राईको नेतृत्वमा उपाध्यक्षहरूमा प्रकाश निरौला,बिद्यानन्द चौधरी ,प्रदिप राउत ,सचिब बिबिन्द्र राई,स-सचिब गगन राई,कोषाध्यक्ष-सर्बधन राई,सदस्यहरु,कमानसिंह राई,श्याम राई,बिनोद राई,नवीन चौलागाई,लोकेन्द्र किराती ,प्रेम कुमार बस्नेत,यम कुमार राई,कुमार खतिवडा,सुमन तामाङ,सुमि थुलुङ राई चयन भएका छन ।

यसैगरि संरक्षक र सल्लाहाकारहरुमा निम्न व्यक्ति चयन गरिएको छ । १.बलि राई -संरक्षक
२खगेन्द्र खत्री- संरक्षक
३.श्याम खड्का – संरक्षक
४.दिनेश राई – कानुनी सल्लाहकार
५.सन्जिब राई – सल्लाहकार
६.मिजास किराती – सल्लाहकार
७.महेन्द्र राई – सल्लाहकार
८.नयन चाम्लिङ – सल्लाहकार
९.दिपेश राउत -सल्लाहाकार
१०.कुमार भुजेल -सल्लाहकार