संगीतकार रामकृष्ण बम मल्लको ‘आकाशै खसेर’ गीतको म्यूजिक भिडियो सार्वजनिक सार्वजनिक

जापान । नेपाली संगीत क्षेत्रमा २ दशक भन्दा बढी निरन्तर रूपमा क्रियाशील लोक दोहोरी गायक एवम संगीतकार रामकृष्ण बम मल्लद्वारा संगीतवद्द ‘आकाशै खसेर’बोलको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार नारायण कडेलको शब्द सृजनामा लोकप्रिय गायक सुमन के सी को स्वरमा रहेको उक्त गीतमा अनिल निर्दोष र यसोधा अधिकारीको अभिनय रहेको छ मिन थापाको निर्देशन, गोबिन्द बिष्ट र अर्जुन लामिछानेको छायांकन गरिएको उक्त म्यूजिक भिडियोलाई टेक अबिरलले सम्पादन गरेका छन । प्रबासी नेपाली अनलाईन टिभी युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको छ ।
जापानको बिभिन्न ठाउमा छायांकन गरिएको उक्त गीतका सर्जक संगीतकार रामकृष्ण बम मल्ल लामो समय जापानमा रहदै आएका छन साथै उनी जापानको चिवाकेनको माचुदो शहरको अन्तराष्ट्रिय सांस्कृतिक दूतको रूपमा पनि क्रियाशील रहेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: