शुक्रबार, चैत १६, २०८०

‘आँखा-आँखा जुधी’ टीमलाई किरण गजमेरले धोका दिएको खुलासा

काठमाडौं । ‘आँखा आँखा जुधी ‘छोटो समयमै निकै लोकप्रियता हासिल गरेको उक्त गीतलाई गाएका थिए चर्चित रियालीटी शो भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर अनी अस्मिता अधिकारिले ।

बिडम्बना, किरणले गीतको टीमलाई नै धोका दिएको खुलेको छ । गीतका सर्जक तथा वरिष्ठ गीतकार ध्रुव प्रसाद अम्गाईले पहिलो प्रहरसंग यसरी गुनासो गरेका छन। “गीतलाई मनपराएर किरणलाई वधाइ तथा उज्जल भविष्यको कामना गर्दै उनको स्वरको तारिफ गरेका अनगन्ति कमेन्टहरु देखीए तर दुर्भाग्य भनौ या के भनौ किरणले आफूले गाएको गीतलाइ एकपटक पनी शेयर गर्ने समेत चेस्टा गरेनन “

अम्गाई अगाडी थप्छन, किरणले गीत गाउदाको पारिश्रमिक देखाउदै निकै खुशी हुदै मेरो नेपाल आएपछिको पहिलो कमाई भनेर टीकटकमा भीडीयो समेत बनाएका छन ।
अहिले गीत रिलीज भएको यत्रो समयसम्म एउटा शेयर पनी गरेनन हाम्रो टीमले कयौ पटक शेयर गर्न अनुरोध गर्दा पनी उनले टेरपुच्छर लगाएनन । किरण भाईलाई पैसा चल्यो काम चलेन । किरणले अन्य गीतलाई भने प्रमोशन गरिरहेका छन ।
गायिका अस्मिता लगायत सम्पूर्ण टीमले गीतलाई प्रोमोशन गरेको देखिन्छ ।
यस्तो छ उक्त गीत