सोमबार, भदौ २४, २०८१

आशंका छ तर स्थानीय चुनाव हुन्छ : पुर्व स्वास्थ्यमन्त्री अधिकारी

शान्त पहरी,टोकियो,१६ फागुन । नेकपा एमाले नेता तथा पुर्ब स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सरकारको गतिविधीले तोकिएकै समयभित्र चुनाव हुनेमा शंका आशंका भएपनि स्थानीय चुनाव हुने बताउनु भएको छ ।

प्रवासी नेपाली मंच कान्तो जापान अधिवेशन आयोजक कमिटीले टोकियोमा आईतवार नेपालको स्थानिय निकायको चुनावमा प्रवासी मन्चको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख आतिथ्यताको आसनवाट बोल्दै तेता अधिकारीले सो कुरा कुरा बताउनु भयो । त्यसैगरि प्रवासी नेपाली मंच जापान पुर्व सचिव तथा प्रखर वक्ता डा सुर्य पाठकले नेकपा एमालेले चुनावमा  हस्तक्षेपकारी भूमिका निभाउनु पर्ने धारणा राख्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रबासी नेपाली मंच जापान नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेको थिेयो
प्रवासी नेपाली मंच जापान चुबु समन्वय कमिटीको प्रथम भेला तथा अन्तरकृया कार्यक्रमलाई प्रमुख अथितीको रुपमा संबोधन गर्नका लागी २५ तारिख दिउँसो २ बजे जापान आईपुग्नु भएको थिेयो ।

सो कार्यक्रम प्रवासी नेपाली मंच कान्तो जापान अधिवेशन आयोजक कमिटीका संयोजक देविलाल भण्डारीको सभापतित्वमा वुद्धिराज घिमिरेले संचालन गरि सम्पन्न भएको थियो ।   kanto kanto2