नेपाली मौलिक झल्कने तिज गीत ‘प्रदेशी चेलीलाई’ जापानबाट सार्वजनिक

जापान । सज्जन कुमार सिंहको शब्द, ईश्वर बाबुको संगीतमा पछिल्लो समयकी अत्यन्त चर्चित एव लोकप्रिय गायीका सुनिता बुढा क्षेत्री र रितु थापाको आवाजमा रहेको गीत प्रदेशी चेलीलाई सार्वजनिक भएको छ ।उक्त गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन्।मालश्री स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई गोबिन्द पराजुलीले रेकर्डिङ गरेका हुन भने मिक्सिङ र मास्टरिङको काम भने खड्क बाजुरालीले गरेका हुन ।
तेजेन्द्र भण्डारीको निर्देशन एवम् छायांकनमा तयार भएको गीतको म्युजिक भिडियो जापानमा छायांकन गरिएको हो ।
भिडियोमा सन्तान नहुदाको दोष महिलाको मात्रै हो भन्ने सामाजिक चलनले समाज मा हेपिनु पर्ने र अनेक खालका आरोप भोग्नु पर्ने बाध्यता अनि श्रीमानले हेला गरि घरबाट निकालदिए पछि भोको पेट पाल्न प्रदेशीन बाध्य भएको र प्रदेशमा रहदा तिज,दशै, तिहार लगयत अन्य चाडपर्व आउदा आफु परिवार संग हुन नपाउदाको पिडालाई भिडियो मार्फत देखाउन खोजिएको छ ।
ईश्वर बाबुले सम्पादन गरेको भिडियोमा कौसीला भण्डारी, मनोज क्षेत्री तथा जापानमा टीकटकमा अत्यन्त हेरिने ब्यक्ति शिव खरेल लगायत अन्य कलाकारहरुको भुमिका देख्न सकिन्छ ।
पुरा भिडियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: