शुक्रबार, बैशाख १४, २०८१

संविधान संशोधनमा समझदारी बनाउन राप्रपाको आहृवान

काठमाडौं,१५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयक समझदारी बनाउन राजनीतिक दलहरुलाई आहृवान गरेको छ ।
साथै उसले संशोधन पनि नहाल्ने र समर्थन पनि नगर्ने बताएको छ ।
आइतबर राप्रपा संसदीय दलको बसेको बैठकले संविधान संशोधनमा समझदारी बनाउन राजनीतिक दलहरुलाई आहृवान गरेको छ । उसले भनेको छ, ‘मधेस केन्द्रित राजनीतिक दलहरुको माग सम्बोधन गर्ने क्रममा संसदमा प्रस्तुत र हाल विचाराधिन रहेको विधेयकले कसैलाई पनि सन्तुष्ट गर्न सकेको छैन ।’ यथास्थितिमा विधेयक अघि बढाउँदा पास नहुने र यसको परिणाम राजनीतिक रुपमा प्रत्युपादक हुने राप्रपाको चेतावनी छ ।
राप्रपाले मधेस केन्द्रीय राजनीतिक दलहरुलाई विश्वासमा लिएर आगामी वैशाखमा हुने चुनावमा सबैको सहभागिता सुनिश्चित गर्नु पर्नेमा जोड दिएको छ ।