बिहिबार, बैशाख ११, २०८२

पूर्व स्वास्थमन्त्री खगराज अधिकारीलाई नागोयामा भव्य स्वागत

नागोया, १४ फागुन । नेकपा एमालेका नेता तथा पूर्व स्वास्थमन्त्री खगराज अधिकारी र उहाँकी धर्मपत्नी रोमा पाण्डेलाई जापानको नागोया शहरको चुबु सेन्टा एयर बिमानस्थलमा प्रवासी नेपाली मंच (ओएनएफ) राष्ट्रीय कमिटीले स्वागत गरेको छ ।

शनिवार ओएनएफ राष्ट्रीय कमिटीका कार्यबाहक अध्यक्ष बलराम भुषाल , सद्स्य अशोक अधिकारी, सद्स्य राजेन्द्र थापा ,अर्थ बिभाग उप-प्रमुख जयराम पौडेल ,समाजसेवी बिभागका चित्र ब. पुन ,नागोया निवासी राम कुमार थापा र अर्जुन थापा फुलमाला र खादा लगाई स्वागत गर्नु भयो ।
प्रबासी नेपाली मंच जापान चुबु समन्वय कमिटीको प्रथम भेला तथा अन्तरकृया कार्यक्रमलाई प्रमुख अथितीको रुपमा संबोधन गर्नका लागी आज २५ तारिख दिउँसो २ बजे जापान आईपुग्नु भएको छ ।
भोली पल्टै २६ तारिख प्रवासी नेपाली मंच (ओएनएफ ) जापान कान्तो अधिवेसन आयोजक कमिटिको आयोजनामा हुन गई रहेको “स्थानीय तहको निर्बाचनमा प्रवासी नेपाली मन्च को भुमिका ” बिषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अथितीको रुपमा संबोधन गर्नका लागी टोकियो प्रस्थान गर्नु हुने आयोजक कमिटीका सचिब बुद्धीराज घिमिरेले जानकारी दिनु भएको छ ।IMG_8901

त्यसैगरि नेकपा एमालेका नेता खगराज अधिकारीको प्रमुख अातिथ्यमा मार्च ४ तारिख शनिबार दिउसो १२ बजेबाट हिमुरो चो, मिनामी कु नागोयामा प्रबासी नेपाली मंच जापान चुबु समन्वय कमिटीको आयोजनामा प्रथम भेला तथा अन्तरकृया कार्यक्रम नेकपा एमालेका सङठित् सदस्यहरु ,शुभचिन्तकहरु, बिभिन्न संघ सस्थाका पदाधिकारीहरु , नेपाली दाजुभाई तथा दिदी बहिनी ,समाजसेवी तथा बुद्धीजिबी बर्ग र जापानबासी सबैलाई उक्त कार्यक्रममा गरिमामय उपस्थितिको लागि ओएनएफ जापानका सद्स्य अशोक अधिकारीले हार्दिक् अनुरोध गर्नु भएको छ ।IMG_8902