जापानमा बक्सिङ्ग खेलमा सफलताको शिखर चढ्दै अनिस

कविकिरण न्यौपाने, नागोया । अध्ययन, व्यवशाय अनि रोजगारीको शिलशिलामा विदेश आउने केहिले मात्रै विभिन्न माध्यमद्वारा आफ्नो मातृभुमि समेत चिनाउने गर्छन। ति मध्येका एक अनिस खरेल पनि हुन्। उनले जापानमा आफ्नो अध्ययन संगै बक्सिङ्ग खेलमा लागेर सफल हुँदैं आफु अनि नेपाललाई चिनाउन लागिपरेका छन्।

१३ वर्ष अगाडी देखि जापानमा स्कूल पढदैं उनि यस खेलमा लागेको बताउँछन् । यस खेलमा जहिले पनि विजयी हुने आफ्नो लक्ष्य रहेको अनिस बताउँछन् । गैंडाकोट स्थायी घर भएका उनि अहिले २३ वर्षका भए । उनका दाई, बुवा र आमा पनि जापानमै रहेका छन्।

अनिसले अहिले सम्म खेलेका १५ वटा खेलहरु मध्ये ११ वटामा जित र ४ वटामा हारेको बताउँछन् । अहिले आफु प्रोफेशनल खेल  खेलिरहेको उनको भनाई छ। उनले अगष्ट ८ तारिक फुजीमाकी ग्रुपले आयोजना गरेको राष्ट्रिय स्तरको बक्सिङ्ग प्रतियोगितामा जापनिज बक्सर खेलाडी यामाजाकी हायातो संग नागोया स्थित चिरु शहरमा सुपर फाईट अर्न्तरगत निकै प्रतिप्रधात्मक खेलमा भने हार व्यहोर्ने परेको थियो।  खेल हारे पनि प्रतियोगितामा नेपाली झण्डा र्फरफराउदैं उनको खेलले उपस्थिति नेपाली अनि जापनिज दर्शकहरूको हाईहाई पाएका थिए।

आफ्नो पनि चाहाना छोरा अनिसले बक्सिङ्ग खेलको माध्यमद्वारा आफु संगै नेपाल र नेपाली चिनाओस भन्ने भएकोले उक्को हरेक खेल गतिविधीमा सधै साथ र सहयोग रहने गरेको उनका बुवा अर्जुन खरेल बताउँछन् । जापानमा हुने गरेको बक्सिङ्ग प्रतियोगिताहरुमा नेपाली समुदायबाट  हौसला प्रदान हुने गरेको बताउँदैं खरेलले सबैलाई धन्यवाद दिएका छन्।

अनिसकी आमा वसुन्धरा खरेल भने शुरुमा बक्सिङ्ग खेल भन्ने वित्तिकै आफुलाई डर लाग्ने गरेको तर छोराको ईच्छा बक्सिङ्ग खेलमा लाग्ने भएको बताउदैं अहिले खेलेकै माध्यमद्वारा धेरैले छोरालाई चिन्ने गरेकोमा खुशी व्यक्त गरिन् ।  अनिसले अहिले जापानको नागोया शहरमा आफ्नो काम संगै बक्सिङ्ग खेलमा नियमित प्रशिक्षण गर्दै आईरहेका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: