बिहिबार, बैशाख ०६, २०८१

मातृभूमि, अनुभूति र अपेक्षा

लक्ष्मणदत्त सुवेदी

अपि स्वर्णमयी लङ्का न: मे भ्रात न रोचते
जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी ।।

“लक्ष्मण लङ्का सुनले बनेको भए पनि यसमा मेरो कुनै रुचि छैन। किनभने जन्मदिने  आमा, र मातृभुमि स्वर्गभन्दा पनि ठुला र महान छन “।

रामले राबणको मृत्यु पश्चात लंकामा लक्ष्मणसंग को भनाइ
हजारौँ बर्ष पहिले रचिएको यो पंक्ति आज पनि उत्तिकै प्रभाबशालि छ । यो महान वाणीले मेरो मस्तिस्क हल्लाईरन्छ । पलपल मलाई मेरो जन्मभुमि बारे सोच्न बाध्य पार्ने पंक्ति हो यो ।
प्रसंग
मेरो जन्मभुमि करलिमको हो । नेपालको आकारमा आफुलाई आकृति बनाएको सानो नेपाल भनेर चिनिने मेरो जिल्ला बाग्लुन्ग हो ।सास्कृतिक धार्मिक र पौराणिक महत्व बोकेको जिल्ला हो बागलुङ । प्रसिद्ध नदी कालिगण्डकीले सदिऔं देखि आफ्नो न्यानो काखमा राखेको जिल्ला हो । सन्त महात्मा, देवीदेवताहरूको कर्म, पराकर्मले सिञ्चीत जिल्ला हो , प्राकृतिक छटाले भरिपुर्ण जिल्ला हो । प्रसिद्ध कालिका भगवती मन्दिर हाम्रै जिल्लामा पर्छ । लाग्छ कालिका मन्दिर संसारकै सफा र सुन्दर ठाँउमा अवस्थित छ ।प्राकृतिक, साँस्कृतिक रुपमा धनि बागलुङ भित्र एउटा यस्तो गाँउ छ, जुन रमणीय छ । सुन्दर छ ।त्यहीँ गाँउ भित्र एउटा जमिनको टुक्रा छ जसले मलाई जन्माएको हो । जहाँको हावाले पहिलो पटक मेरो फोक्सो भरेको हुँ ।
जहाँको माटोमा मैले पहिलो पाइला उचाल्न र चाल्न सिकेको हुँ ।त्यहि टुक्रा जमिनलाई करलिम भनेर चिनिन्छ ।
करलिम, साविकको बिहँकोट गा वि स वडा नं. ०९ मा पर्छ । हाल काठेखोला ०५ , राष्ट्र सन १००८ स्वामी प्रमानन्द सरस्वति महाराजलाई जन्म दिएको जमिन हो बिहुँ । प्राकृतिक मनोरमछटाले भरिपुण , सुन्तला लगायत फलफुलको उर्वर भुमि हो । प्रसिद्ध धार्मिकस्थलहरु भएको ठाउँ हो बिहु । त्यहि सुन्दर बिहुँ भित्रको हिरा हो करलिम । जहाँ प्राकृतिक विपत्तिजस्तै बाढि पहिरो,खोला नालाको डर छैन । जुन ठाउ प्राकृतिक श्रोत साधनमा धनी छ यो ठाउँ प्राकृतिक स्रोत र साधनमा धनि छ । बाह्रै महिना नसुक्ने पानीका मुहान छन् । जसलाई हेरेर सुन्दर हिमालहरु दन्तलहर देखाउँदै हाँसिरहन्छन,जहाँ यथेष्ठ उब्जाउ हुने जमिन छ । जहाँको उब्जनिले गाँउ पाल्ने क्षमता राख्छ । परम्परागत कृषि गर्दा पनि बर्षको दुईतिन बाली त राम्रो फल्छ । सागसब्जिको लागि कहिँ जानु पर्दैन । फलफुल कन्दमुल,सिजन अनुसार खान पाइन्छ ।
यस्तो समृद्ध ठाउँमा जन्मिने सौभाग्य मलाई मिल्यो । सृष्टिकर्तासँग कृतज्ञ,नभई रहन कहाँ सक्छु र कोटि कोटि नमन मेरो जन्मभुमिलाई , त्यही मेरो पुज्यनीय,हजुरआमा ब्रह्मलिन भईसक्नु भएको छ । जहाँको माटोमा मेरा,वयोवृद्ध हजुरवुवा गाउ,नै,कुरिरहनु,भएको छ। मेरा कलिला मुनाहरु आफ्नो जीन्दगिको,स्वर्णिम समय त्यही जमिनमा विताउँदै छन। मेरा बृद्ध बाआमा आफ्नै रगत र पसिनाले सिंचेको,त्यहि जमिनमै जीवनकोअन्तिम श्वास फेर्ने उत्कट चाहानाका साथ जीवन अगाडी बढाईरहनुभएको छ ।

इतिहास
करलिमको उन्नति प्रगतिको खातिर मेरो अघिल्लो पुस्ताको, योगदान छ भन्नेकुरा सम्झदा खुशी लाग्छ । गर्व गर्न मन लाग्छ । हजुरबा भन्नुहुन्थ्यो गाउँमा शिक्षाको दियो स्कुल स्थापनार्थ “एक घर दुई पाथी कोदो” अभियान चलाईएको थियो रे । गाउँलेहरुको अथक परिश्रमको फलस्वरुप वि.स। २०३६ मा गाउँमा विद्यालय जन्मियो २०४५/४६ सालमा नया भवन बनाउदा श्रमदान गर्ने म स्वयं हु । विद्यालय खोल्नुको उदेश्य गाउँलेहरु शिक्षित बनुन। आफ्नो जीवन सुखी र खुशी बनाउन । गाउँलाई समृद्ध बनाउन भन्नुथियो । शालीन बनुन हाम्रो रगत पसिनालाई सम्मान गरुन भन्ने थियो गाउलाई अझ राम्रो बनाउन, भन्ने,थियो,भयो उल्टो हजुरवुवाध्वरा नितान्त समाजको कल्याणका निम्ति गरिएका कामहरु सम्झदा उहाँलाई श्रद्धाको अंगालोमा बेरिरहन मन लाग्छ । समाजको निम्ति हामी नाति पुस्ताले केहि गर्नै पर्छ भन्ने उत्प्रेरणा र उर्जा आउँछ । विडम्बना हामी त्यहि विद्यालय त्यहि गाउँमा पढ्यौँ, हुरकियौ संसार चहार्न सक्ने भयौं तर हाम्रो गाउँ हिजो भन्दा आज नाजुक अवस्थाबाट गुज्रिरहेको छ ।
करलिम बनाउन,दिलो ज्यानले लागेका हाम्रा बृद्ध बाआमा अझै पनि गाउँ छोड्न नसकेर गाउँमै हुनुहुन्छ । विस्तारै गाउँ रित्तिदै जाँदा उहाँहरुको मन कति रित्तिदो हो कति विरक्तिदो हो हिजोसम्म खेतीबारी गरेर पनि १५/२० जनाको परिवार पाल्न सक्षम खेतबारीमा हामीले घाँस काट्दै छौं र भोलिको पुस्ताले त्यही घाँसपनि काट्न छोडेर बनमारा र काडाहरु फुलाउनेछन । यसरी गाउको विकास र विदेशमा त्यहि ठाउको नामले समाज सेवि वनेर खादा लगाउने वर्षमा एक पटक नेपाल जादा त्यही पुग्ने समय नहुने हरुलाइ कसरी वुझु म ?

जबरजस्ती बाआमाहरु केहि हात सहरी क्षेत्रफलमा झर्न बाध्य पारिएका छन् । छोटिदो जीवन सँगै छोरानातिका कारण उनिहरुको इच्छा आकांक्षाको आयतनमा निर्मम प्रहार गरि खुम्च्याईएको छ । बाआमाले भाग्यमा लेखेरै आएका हुन र ?
छोराछोरीको शहरको आलिशान घरबाट थु गर्दा पराईको जमिनमा पर्छ । बुढेसकालमा आफ्नै जग्गामा उव्जेको मिठो मसिनो खान मन लाग्दो हो । बस्दा बस्दा खुम्चिएको आङ तन्काउन मनलाग्दो हो पक्कै ।गाउका हेक्टरौ जग्गामा दौडिदा नथाक्ने सरिर आज कति कटकटि खादो हो खुट्टाले केहि पाइला जमिन नाप्न खोज्दा हुन् पक्कै बिहानी र साझको हिडाइको रुपमा कति सम्झिदा हुन् ती खोला नाला खोल्सा खोल्सी पाखो पखेरो ।मेला पात गोठालो जादापानी    पीएका धारा पधेरा हरु र यी सारा रहरहरु १०÷२० मोहडाले के पुरा गरोस । गरुङ्गो घासदाउराको भरि बिसायर पछयौरीको टुप्पाले हम्किदै बरपिपलको छहारीमा बसेको कसरि बिर्साउन सक्ला त्यो छतमा घुमेको पंखाले , त्यो टुक्रा जमिनलाई कक्रिटको घर थेगि नसक्नु भयकों छ होला सनातनरुपमा मानिदै मनाउदै आएका कुल पितृ र मठ मन्दिर भैरवथान दसुराको कोट सिद्धकोथान झाक्रिथान झप्रेनिको छहरो वाजेवज्यैको थान आदि ईत्यादि पुस्तानतरण हुनु पर्नेमा किन विस्थापित हुदैछन ।
अव कस्ले गर्ने यि पुजा आजा कोहि छैन ? त्यहा को उत्ताराधिकारी ? कि हामिमा सिधै भौतिकवादले छोएको हो , आफ्नो गाउ र घरलाइ नया वनाउनु पर्नेमा किन अरुले वनाएको सुन्दर र सफा अनि समथर मात्र खोज्दै छौ , हिजो ८/९ वटा वच्चालाइ जन्म दिएर पनि हाम्रा आमाहरु आनन्द संग तलमाथि गर्नु हुन्थ्यो के त्यो स्वच्छ हावा र वातावरणले होइन ? स्वस्थ र ताजा खानपिन नै होला जस्तो लाग्छ मलाइ ,उहाहरुको सरदर आयु पनि ८० माथि नै थियो तर आज २ सन्तान ईश्वरको वरदान भन्दै वर्षेनि गर्भ पतन गर्ने हामि सरदर ५० वाचौला या नाई ? तलमाथि वरपर अर्मपर्म गर्दा जस्तो अभ्यास र व्यायाम शहरका वन्द कोठामा भएका मेशिनले के कति दिन गर्लान या स्वस्थ वनाउलान जवाफ खोज्ने दिन आएन र कि म मात्र भ्रममा परेको छु ? हाम्रा बुवा आमालाई त्यो बाकी जीवन घरको ढोकाबाट बाहिर टेके अर्कैको जमिन अनि पराईसँग जम्काभेट यो बुढेसकालमा हैन के आई लाग्यो यस्तो ?? सुख यहि हो त ?
भन्ने हुदो हो कि नाई झ्याल भित्र वाटै वोलाउँदा आउने छिमेकीहरु आज कुन कुनामा होलान। मेलापातसँगै गर्ने सखिहरु कहाँ ओझेल परे होलान। प्याक प्याक्ति तिर्खा लाग्दा अञ्जुली भरि उभाएर धित मरुञ्जेल पिउन पाइने मुल सुके होला कि त्यस्तै होलान ? घर आँगनमा सबेरै ढिकुरहरु चर्न आउँदा हुन् की नाई ? सेति भैंसि संधै आहाल बस्ने पोखरी पुरिए होला कि उस्तै होला ?? हाम्रो खाना उब्जाउने खेत बारी आज पनि उस्तै छन् होला कि बनमारा र सिरुले भरिए होलान ? कति सम्झिदा हुन गैरि खेत र जौछरे वन ?? जेठ महिनामा खनेका कुलाहरु अनि वर्षामा चिप्लिदै खेतमा पानि लगाउन गएको सम्झिदा कस्तो होला उनिहरुको मन ? अहिले गाउमा रहनु भएका वुवाआमा न जाने ठाउ नभएर हो न जान नसकेर हो तर भित्र भित्रै जन्मठाउको माया मार्न नसकेर मात्र हो सुख सुविधा र आराम नचाहिने वहाहरु पनि गाउ छोड्नु भएको छैन न विरामी हुदा हस्पिटल लाने मान्छे छ न डाक्टरको सल्लाह अनुसारको औषधि खुवाउने मान्छे ? विहान खानु पर्ने वेलुका र वेलुका खानु पर्ने औषधि विहान खाएर पनि जन्मथलो कुरी रहनु भएको छ कहि कतै लडीहाले पनि हात दिएर उठाउने मान्छे खै जवान छोरावुहारी विदेश सानानानि वावुहरु वजारका तले खाटहरुमा लुडिवुडि गरेका होलान राति ऐठन भए वत्तिवाल्ने कस्ले ? यो हो अहिलेको अवस्था हामी वेरोजगार भयौं ,हामी बढि महत्वाकाँक्षी भयौं ।
रोजगारको निम्ति गाउँ छोड्यौं । महत्वकाँक्षा पूर्तिको निम्ति गाउँ छोड्यौ । अव कहिलेसम्म ? विदेशि भुमिमा पसिना बगाउनु हाम्रो रहर थिएन । बाध्यता थियो । बाध्यता के अन्तहिन थियो , बाध्यता के अविछिन्न हो ?
आफ्नै प्राण जत्तिकै माया गछौ हैन बाआमालाई ,हाम्रा  कामहरुले के बाआमालाई सन्तोष दिएको छ त ? हाम्रो जन्मभूमि प्रतिको दायित्व के हामीले वहन गरिरहेका छौ त ?? उक्लीदो जीवनको यात्रामा, असफलता र सफलताका हज़ारौ बाटा केलाउने होड़बाजीमा हामिले बाच्न नै भुलेको जस्तो भान हुन्छ। जीवनको यो अध्याय मा आएर मानिसले खोज्ने भनेकै सुख र शान्त जीवन हो भने तपाइ जन्मेको ठाउ भन्दा सुखि र खुशि ठाउ शहरको पक्की घरका चार भित्ता हुनै सक्दैनन जुन खुसीको लागी हामिले जीवन भर संघर्ष गर्छौ त्यो खुसीको पुर्णबिन्दु भनेको यी हाम्रा बृद्ध वुवा आमाको खुशि होइन र ? भोलिका दिनमा के हामी पनी यसैगरी नचिनेको नया ठाउमा नया परिवेशमा जिन्दगी कसरी गुजारौला ?? के हामिले समय, मित्रता, समाज र खुसी कमाएका छौत ,कि धनसम्पती प्राप्त गर्ने लालचमा आफुले आफैलाई र जन्म ठाऊ विर्षी सकेउ एक पटक बिगतका पन्नाहरूला पल्टाएर हेर्ने हो की ?? एक पटक आफुले आफैलाई प्रस्न गरेर सोध्ने हो ?? आजका दिनसम्म मैले के आर्जन गरे त शहरमा २/४ वटा घडेरि छोरा छोरिलाइ महन्गा स्कुल ।महन्गा गरगहना र गाडी ?

हामीले गुणस्तरिय शिक्षा पाएनौ । हामीले पाएको शिक्षाले हामीलाई राम्रो रोजगारी दिएन , हामी बाध्य भयौं । आर्थिक सम्पन्नताका निम्ति । सुखि र समृद्ध जीवनका निम्ति रोजगारी हामीलाई चाहिएको थियो ??देशमा रोजगार भएन । हामीले खोजेको रोजगारी हामीले पाएनौ । हामी विदेशियौं हामीले पाएको  दुख हाम्रो परिवारका निम्ति हो । हामीले गरेको परिश्रम पक्कै पनि हाम्रो सन्तानको निम्ति हो । हरेक बाआमाले आफ्ना सन्तानले आफु भन्दा ठुलो र असल मान्छे भएको हेर्न चाहान्छन । आफूले जस्तो दुख सन्तानले गर्न नपरोस भन्ने चाहान्छन । यो स्वभाविकहो ।आफ्ना बच्चालाई राम्रो स्कुलमा पढाउने इच्छा हर कोहि अभिभावकको हुन्छ । प्रश्न सके सम्म आफ्नै गाउँको विद्यालयमा किन नपढाउने भन्ने हो । प्रश्न गाउँको विद्यालयलाई किन गुणस्तरीय नबनाउने भन्ने हो ।
हाम्रै विद्यालयको स्तर उन्नती गर्न हामीलाई केले रोक्छ ? किन हामी जागरुक हुदैनौ ? अहिले कस्तो भयो भने, खोला जहा छ त्यहि गएर खेत किन्ने बाढिले बगाउँछ अनि बगायो भनेर रुने अबस्था भयो । हामीले गर्नुपर्ने त जग्गासम्म कुलो ,नहर वा पाइपको व्यवस्थापन होइनर ? हामी आफूलाई ऋषिमुनिका सन्तान भन्ठान्छौ । हामी बढो संस्कारी र आध्यात्मीक पनि भई टोपल्छौ । पुर्खाका रगत र पसिनाले बनेका खेतवारिमा सिरु र बनमारा उमारेर बजारबाट ल्याएको १ किलो चामलले दिएको पिण्डले हाम्रा तिनै पूर्खा पितृ खुशी होलान त ?? गाउँलाई उजाड बनाउने ?? हिजो हामी कमजोर हुँदा हामीलाई भरथेग गर्ने गाउँलाई आज हामी आर्थिक रुपमा केहि सम्पन्न भयौं भन्दैमा पिँठ्यु फर्काएर हिँड्न मिल्छ त ? आर्थिक रुपमा हामी सम्पन्न त भयौं होला । के हाम्रो मातृभूमि सम्पन्न भयो ?

दोस्रो विश्व युद्ध ताका जापान कहाँ थियो ? कोरिया कहाँ थियो ?अलिकति इतिहास अध्ययन गर्ने हो भने थाहा हुन्छ ! जापान र कोरिया जस्ता देशलाई हाम्रो देशले सहयोग गरेका इतिहास छन | विश्व युद्धमा क्षतविक्षत जापान आज कहाँ छ ? हामी किन यसरि नोकर सरह जापानमा छौ ,सोचेका छौ हामीले कहिल्यै ? हाम्रो देश भन्दा गरिब देशहरु संसारकै धनि बन्नु हाम्रो देश गरिबको गरिब रहनुमा के हाम्रो अराजक राजनितिको मात्र भुमिका छ त ? हामी नागरिकहरुको कुनै भुमिका छैन ? हामीले के हाम्रो देश र समाज प्रतिको कर्तव्य राम्ररी निभायौं त ! देश समृद्ध गर्नलाई हरेक नागरिक सचेत र देशप्रति बफादार हुनुपर्छ ।
आफ्नो गाउँको समृद्धिका निम्ति जागरुक हुनुपर्छ । हामी कहिल्यै भयौ ? फोहोरि राजनितिले विगार्यो मात्र भनिरह्यौं भनिरहेउ भनिरहेउ । के मैले अस्था राख्ने पार्टी सरकारमा पुग्दा मेरा रहर पुरा गरिदियो त, फोहोरी राजनिति सुधार्न हामीले केहि गर्यौ ? हरेक व्यक्तिले आफ्नो आफ्नो ठाउँबाट सक्दो आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने हो भने हाम्रो गाउँ पनि समृद्ध बन्नेछ । दोस्रो विश्व युद्ध पछि रुखका बोक्रा र खोलाको लेउ खाएर भएपनि समृद्ध बनाउँछौ भनेर जापानिजहरु नलागेको भए आजको जुन स्वरुपको जापान छ, सम्भव हुने थिएन ।समय त लाग्छ नै । कसैले न कसैले प्रयास त गर्न पर्छ नै । हाम्रो गाउँ पनि एक दिन अवस्य समृद्ध बन्नेछ ,बनाउने अभिभारा हाम्रो हो । प्राकृतिक रुपमा यस्तो सुन्दर ठाउँ छ, वैज्ञानिक, भौतिकरुपमा थोरै मात्र विकास गर्ने हो भने गाउँ बन्न धेरै लाग्दैन ।

महाथिरले मलेशिया बनाए । लि क्वान युले सिंगापुर बनाए । पार्क चु ही ले दक्षिण कोरिया बनाए । देङ सियाओपिङले चिन बनाए । कर्मठ जापानिजले जापान बनाए ! रुवाण्डामा सन १९९४ मा हुतु र तुत्सी विच १०० दिनसम्म चलेको जातिय दंगामा ११ लाख भन्दा बढि मान्छे काटिए, देश क्षतविक्षत भयो । अहिले त्यहाँको विकास रहरलाग्दो छ, पउल कागामेले रुवाण्डालाई छोटै समयमा विकास गरि छाडे । द्रुत विकास गर्ने संसारका उत्कृष्ट शहर मध्य एक हो अफ्रिकी देश रुवाण्डा, देश बनाउन त हामीले नसकौंला तर हामी मिलेर गाउँ बनाउन त सकौंला नी ? पहलनै नगर्ने त ?

अब त जागौं ! गाउँ बनाउन लागौँ !