मङ्गलबार, जेठ १२, २०८३

फुकुओकामा पनि सोनाम ल्होछार २८५३ भब्य रुपमा सम्पन्न

फुकुओका,११ फागुन । जापान तामाङ जातिको धार्मिक एबं साँस्कृतिक पर्ब तामाङ सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा बर्ष)को शुभ अबसरमा नेपाल तामाङ समाज, क्युशु क्षेत्रिय समिति फुकुओका,जापानले आयोजना गरेको “सोनाम ल्होछार २८५३ बृहत् सांस्कृतिक कार्यक्रम २०१७ भब्य रुपमा सम्पन्न भएको छ ।

गत मंगलबार फुकुओकाको प्लग हलमा स्थानीय समय अनुसार साँझ सात जबजे बाट सुरू भएकेा सो साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट आउनु भएको कलाकारहरु चन्द्र कुमार दोङ र निर्मला घिसिङ र बुध्दि तामाङ(हैट) लगायत नागोयाबाट आउनुभएको युवा गायक कर्म दोङ र स्थानीय कलाकारहरुक़ो विशेष प्रस्तुति रहेको थियो ।कार्यक्रमका बिशेष अतिथि एबं समाजको केंद्रीय सदस्य चसिला तामाङले सेानाम ल्हेाछारकेा अबसरमा शुभकामना सन्देश अनि स्वागत मन्तब्य दिनु हुदै जापानमा तामाङ समाजको बारेमा अनि समाजले अ।येाजना गरेकेा महत्वपुर्ण कार्यक्रमले तामाङ जातिहरूकेा कला संस्कृति,भाषा,धर्म संरक्षण गर्न ठुलेा सहयेाग मिल्ने साथै बिश्व समुदाय माझ राम्रेा शन्देश जाने बताउनुभयेा ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि एब क्षेत्रिय समिति नागोयाको अध्यक्ष सूर्य लामाले तामाङ समाज जापानले बार्षिक रूपमा आयोजना गर्दै आइरहेकेा सेानाम ल्हेाछार कार्यक्रमले तामाङ जातिहरूकेा बलियेा एकतालाइ प्रतिबिम्बित गर्दे अाइरहेकाले निरन्तरता दिनु पर्नेमा जेाड दिनु भयो ।

कार्यक्रम समाजको केंद्रीय सदस्य चसिला तामाङ विशेष अतिथि र क्षेत्रिय समिति अध्यक्ष बिष्णु तामाङ सभापतित्वमा सम्पन्न भएकेा थियेा भने समाजका सचिव ग्याम्जो लामाले कार्यक्रम संचालन गरेको थिए ।