साहित्यिक चौतारी जापान शाखा गठन, अध्यक्षमा बिन्दा पराजुली चयन

जापान । साहित्यिक चौतारी नेपालको जापान शाखा बिन्दा पराजुली बरालको अध्यक्षमा गठन भएको छ ।अनलाईन मार्फत भएको भेलाले १३ सदस्यीय जापान शाखाको गठन गरेको हो ।
नेपाली भाषा साहित्यको विकास र विस्तारसँगै सामाजिक कार्य गर्ने उद्देश्य गठित शाखाको उपाध्यक्षमा अमरदेब बास्तोला र सरिता ढकाल चयन भएका छन । त्यस्तै सचिवमा राजबिन थापा र सह-सचिवमा लक्ष्मी रेग्मी रहेका छन भने कोषाध्यक्षमा गीता शर्मा र सह-कोषाध्यक्षमा मन कुमारी अमागाईलाई चयन गरिएको सचिव राजबिन थापाले जानकारी दिए । शाखाको सदस्यहरूमा सुष्मा पोखरेल, शारदा पाण्डे, अर्चना न्यौपाने, सुजाता शर्मा, रमिता ढकाल र नेत्रा शर्मा रहेका छन।

भेलामा वरिष्ठ साहित्यकार डा. देवी नेपालको प्रमुख आतिथ्य र विशिष्ट अतिथिको रूपमा नेपाल राजदूत उपनियोग प्रमुख अम्बिका जोशी, गजल शिरोमणि एवं वरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, साहित्यिक चौतारी नेपाल केन्द्रीय अध्यक्ष गीता भण्डारी, विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको उपस्थिति भै आफ्नो मन्तव्य सहित रचना वाचन समेत गरिएको थियो ।

सो कार्यक्रममा, अतिथि स्रष्टा वरिष्ठ गजलकार टक गुरुङ, आवाज शर्मा र आर्य आयुषा लगायत कवियित्री द्वय ओमकुमारी बञ्जारा रानाभाट र रेजिना आपागाईंले रचना वाचन गर्नु भएको थियो साथै साङ्गीतिक प्रस्तुति तर्फ वरिष्ट गजल गायक राज सागर एवं नव गायिका सिवानी कार्कीको प्रस्तुति रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,मातृ सन्देश डट कमका प्रधानसम्पादक एवम् पत्रकार महासंघ जापानका सचिव शान्त पहरी , नेपाल आदिबासी जनजाती पत्रकार महासंघ जापानका अध्यक्ष फुर्वा शेर्वाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता जापान शाखा अध्यक्ष बिन्दा पराजुली बराल र संचालन जापान शाखा सचिव राजबिन थापा र सरिता ढकालले स्वागत मन्तव्य राखेकी थिइन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: