बिहिबार, असोज २४, २०८१

याक्थुङ चुम्लुङ सेन्दाईको पहिलो अधिवेशन सम्पन्न

जापान,१० फागुन । किरात याक्थुङ चुम्लुङ सेन्दाई क्षेत्रीय कार्यसमिति जापानको पहिलो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ ।
मिती २०१७ फेब्रुवरी १९ आइतबारका दिन नेपाली खाजाघर सेन्दाईमा किरात याक्थुङ चुम्लुङ जापान केन्द्रीय समिती सचिव मनकुमार तुम्सा, सह-कोषाध्याक्ष सुजन मादेन लिम्बू ,सदस्य बालविक्रम तिगेला र किशोर आङ्बुहाङ्गको (आतिथ्यमा) समुपस्थितिमा सम्पन्न अधिवेशन निवर्तमान अध्यक्ष पुष्पराज थेवेले सभापतित्व गर्नु भएको थियो ।
किरात याक्थुङ चुम्लुङ सेन्दाई क्षेत्रीय कार्यसमिति मिति २०१५ डिसेम्बर २० मा गठित तदर्थ समितीको स्थापना भएदेखि हालसम्मको संस्थाको संस्थागत र अार्थिक प्रतिवेदन सुजन मादेन लिम्बूले प्रस्तुत गर्नु भएको थियो भने संस्थाको भावी रणनिती तथा कार्यभार आदि विषयमा मनकुमार तुम्साले शुभकामना मन्तव्यसंगै प्रकाश पार्नुभयो । अधिवेशनको उपस्थितीको सर्वसम्मतीबाट सुरज तिगेला लिम्बुको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र ३ सदस्यीय सल्लाहकार समिती निर्वाचित चयन गरियो । क्रमश: उपाध्यक्ष-नविन वनेम्, सचिव-नरेश मादेम्बा लिम्बू, सहसचिव-सुम्निमा तुम्सा लिम्बू, कोषाध्यक्ष-माया लिम्बू र सदस्यहरूमा विरोचन लिम्बू, रूपा सम्बाहांफे, विश्वहाङ् कन्दङवा, अदिती लिम्बू । त्यस्तै सल्लाहकारहरू:- पुष्पराज थेवे, जर्मन सम्बाहाम्फे र किशोर आङ्बुहाङ्ग चयन हुनु भएको छ ।