चसिला तामाङ/स्मृति मोक्तान ,
८ फागुन,टोकियो । तामाङ जातिको धार्मिक एबं साँस्कृतिक पर्ब तामाङ सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा बर्ष)को शुभ अबसरमा नेपाल तामाङ समाज, जापानले आयोजना गरेको “सोनाम ल्होछार २८५३ बृहत् सांस्कृतिक कार्यक्रम २०१७ भब्य रुपमा सम्पन्न भएको छ ।
आईतवार टोकियोमा सो साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट आउनु भएको कलाकारहरु चन्द्र कुमार दोङ र निर्मला घिसिङ र बुद्धी तामाङ लगाएत स्थानीय कलकारहरुको प्रस्तुती रहेको थियो ।
एनआरएनएका आईसीसी सदस्य ओम गुरुङको प्रमुख आतिथ्यतामा समाजका अध्यक्ष कर्मा वाला तामाङको सभापतित्वमा र सचिव हिमाल लामाले संचालन गरेको सो कार्यक्रमको दोस्रो सेसन शिक्षा शान्ती वाईवाले संचालन गरि सम्पन्न भएको थियो ।