सोमबार, भदौ २४, २०८१

सोनाम ल्होछारको टोकियोमा आज विशेष साँस्कृतिक कार्यक्रम

चसिला तामाङ, ८ फागुन ,टोकियो । तामाङ जातिको धार्मिक एबं साँस्कृतिक पर्ब तामाङ सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा बर्ष)को शुभ अबसरमा नेपाल तामाङ समाज, जापानले आयोजना गरेको “सोनाम ल्होछार २८५३ बृहत् सांस्कृतिक कार्यक्रम २०१७ आज भब्य हुने भएको  छ ।

सो साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट आउनु भएको दुई जना कलाकारहरु चन्द्र कुमार दोङ र निर्मला घिसिङ हिजो र बुद्धी तामाङ आज आईतवार टोकियो आइपुगेका छन् ।
कलाकारहरुहरुलाई नेपाल तामाङ समाज जापानको केन्द्रिय अध्यक्ष कर्म वाङगेल लामा, सचिब हिमाल लामा,सांस्कृतिक संयोजक पासाङ् लामा, सदस्यहरू हरिचन्द्र लामा,बलराम लामा र चसिला तामाङको टोलिले स्वागत गरिएको छ । आज फेब्रुअरि १९ मा टोकियोको इताबासी कुमिन सेण्टर हलमा बेलुकी ५ बजेबाट १० बजे सम्म हुन गइरहेको सोनाम ल्होछार २८५३ बृहत् सांस्कृतिक कार्यक्रम २०१७ को सम्पूर्ण तयारी पुरा भैसकेकोले आजको दिन उक्त कार्यक्रममा उपस्थित भइ आफ्नो संस्कर र संस्कृति जोगाउन सहायोग गरि कार्यक्रमलाई सफल बनाउन समेत् जापानमा रहनुहुने सम्पुर्ण तामाङ लगाएत अन्य समुदायको नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई आयोजक संस्थाले निमन्त्रणा समेत गरिएको छ ।
उक्त कार्यक्रम अहिलेसम्मकै फरक अनि सभ्य र भभ्य हुने आयोजकले दाबी गर्दै कार्यक्रममा आफ्नो संस्कृति र नेपाललाई चिनारी दिनको लागि सम्भब भए सम्म आफ्नो जातिय पोशाकमा उपस्थित भैदिनुहुन आयोजकले सम्पूर्ण जापानबासी तामाङहरुलाई आग्रह समेत् गरिएको छ ।buddhitamang samaaj