सोमबार, भदौ २४, २०८१

कानागावा क्षेत्रका नेपाली समुदाय संगठित

टोकियो । जापानको राजधानी नजिकको शहर योकोहोमास्थित कानागावा क्षेत्रमा केहि महिनाअघि गठन भएको योकोहामा नेपाली ग्रुपलाई बृहत गर्दै कानागावा क्षेत्रलाई रहेका नेपालीहरु संगठित गरेको छ ।
बुधवार सम्पन्न एक बृहत भेलाले सो निर्णय गरेको ब्यहोरा जानकारी गगेको हो ।  उक्त भेलाले योकोहामा नेपाली ग्रुपलाई नाम परिबर्तन गरि कानागावा नेपाली ग्रुप बनाउने निर्णय गरेको सचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यस श्रेत्रमा नेपालीलाई आईपर्ने आपतकालिन समस्या लगाएतको लागि काम गर्न कानागवा नेपाली ग्रुपको समितिलाई आगामी २ बर्ष कार्यकाल रहने गरि १७ सदस्यिय कार्यसमिति र ३ जना पछि थप गर्ने गरि २ सदस्यिय सल्लाहकार समिति गठन गरिएको जनाएके छ । जसमा सल्लाहकार जिज्ञान कुमार थापा,देबिलाल भण्डारी
कार्यसमिति अध्यक्ष हरि सापकोटा , तिन उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ,मनोज कटवाल,महेश श्रेष्ठ,सचिब राजेन्द्र श्रेष्ठ,सह(सचिब दिनेश केसी,प्रेम कंडेल,कोषाध्यक्ष यमकान्त कंडेल,सदस्य ध्रुब कुमार थापा, गणेश जंग राण, पुष्प गैरे,राम खड्का,बिमल घिमिरे,बिश्वम्भर खड्का,राम राय, भिष्म बिक्रम थापा, बिक्रम भण्डारी गन गरिएको छ ।kanagawa