बिहिबार, असोज २४, २०८१

जापानमा ल्होछार बिशेष कार्यक्रमको तयारी अन्तिम चरणमा

चसिला तामाङ,टोकियो,६ फागुन । तामाङ भाषा, कला,धर्म,संस्कृति र परम्पराको संरक्षण गरौ २८५३ औ सोनाम ल्होछार ज्या ल्हो(चरा बर्ग) भब्यताका साथ मनाऔ भन्ने नाराका साथ नेपाल तामाङ समाज जापान केंद्रीय समितिले फेब्ब्रुरी १९ मा र नेपाल तामाङ समाज क्युस्यु क्षेत्रिय समिति फुकुओकाले फेब्रुअरी २१ मा आयोजना गर्न लागिरहेको बिशेष सांस्कृतिक कार्यक्रमको अन्तिम तयारीमा पुगेको समाजको केन्द्रिय अध्यक्ष कर्म वाङगेल लामाले बताउनु बताउनु भएको छ ।
२८५२ टे(प्रे)ल्होलाई बिदाइ गर्दै २५५३औ ज्या ल्हो(चरा र बर्ग्)लाई स्वागत गर्दै रमझमका साथ मनाईने ल्होछार(नयाँ बर्ष)मा सुख, शान्ति, समृद्दी, सु-स्वास्थ्य एब दीर्घायुको कामना गरी बिशेष सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट चर्चीत गायक तथा संगीतकार चन्द्र कुमार दोङ,गायिका निर्मला घिसिङ र हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ सम्पन्न हुने सो कार्यक्रमको लागि सबै तयारी अन्तिम भैसकेको समाजको केंद्रीय महासचिब कुमार मोक्तानले बताउनु भयो ।
फेब्रुअरी १९ को बेलुकी ५ देखि १० बजे सम्म हुने सो सांस्कृतिक कार्यक्रम टोक्योको इता इताबासी कुमीङ सेन्टर हलमा र फेब्रुअरी २१ को बेलुकी ५ बजे देखि १० बजेसम्म फुकुओकाको प्लग हल हकता हकातामा हुने उक्त सांस्कृतिक कार्यक्रममा भब्यताका साथ मनाउने हुँदा सम्पुर्ण जापानको राजधानी टोक्यो लागायत आसपास अनि फुकुओका आसपास बस्नु भएका सम्पुर्ण तामाङ तथा गैरतामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थिति भइ कार्यक्रम सफल बनाईदिनु र थप रौनक बढाई दिनुहुन आयोजक संस्थाले आग्रह पनि गरेको छ ।
IMG_8787तामाङ समुदायलाई हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सरकाले २०५१ सालदेखि सार्वजानिक विदा दिदै आएको छ । यो वर्ष सोनाम ल्होछार माघ १५ गते परेको थियो । नेपलमा बिबिध कार्यक्रम गरी मनाईसकेको छन भने बिदेशमा अझै पनि बिबिध कार्यक्रम गरी मनाउदै आईरहेको छ यसैक्रममा नेपाल तामाङ समाज,जापानले फ़ेब्रुअरी १९ र २१ मा बृहत् सांस्कृतिक कार्यक्रम गरी मनाउन लागेको हो । साथै उक्त विशेष सांस्कृतिक कार्यक्रमको विभिन्न अनलाईनहरू र नेपालको रेडियो नमोबुद्ध एफ.एम. १०६.७ मेगाहर्ज र www.radionamobuddha.org मार्फ़त प्रत्यक्ष प्रसारण समेत गरिने पनि महासचिव मोक्तानले जानकारी दिनुभएको छ ।