शनिबार, असार ३०, २०८१

निर्देशक राईले कोरियामा अर्कैको श्रीमती भगाएपछि…(भिडियो)

सोलु,५ फागुन ।  रोजगारको लागि कोरियामा बस्दै आएका दिर्नेशक तथा मोडल संजिव राईले अर्काको श्रीमतीलाई भगाई दिएका छन ।
आफ़नो श्रीमती अर्काले भगाएपछी पुर्व श्रीमान भने मुर्छामा परेका छन् तर यो वास्तविक जिवनमा नभई निर्देशक राईले निर्देशन तथा आफैले अभिनय गरेको म्यूजिक भिडियो गयौ तिमी……… गितको भिडियोमा अभिनय गरेका हुन ।
उदयपुरमा जन्मेर कोरियामा बस्दै आएका संजिव राई म्युजिक भिडीयो मोडलिङ गर्दा गर्दै निर्देशन गर्दै आएका छन् । धेरै क्षेत्रमा प्रतिभा भएका राई,परदेशी भइयो छोडी आफ्नै गाउँ परवेशीलाई सम्झना छ भनिदिनु है मेरी प्रियसीलाई बोलको म्युजिक भिडियोबाट मोडलिङ यात्रा शुरू गरेका थिए । निर्देशक राई त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान विभाग जियोलोजीमा एमएससी गर्दागर्दै इपिएस मार्फत  २०१३ मा वैदेशिक रोजगारीका लागि कोरिया पुगेका थिए  ।

sanjib3

डिआर अटुको संगीत,गजलकार बिनोद वान्तवा राईको शब्द  र सिडि विजय अधिकारीको स्वर रहेको उक्त गीतलाई मोडेल तथा निर्देशक संजीव राईले गरेका छन् ।  म्युजिक भिडियोमा निर्देशक संजीव राईका साथमा केदार भण्डारी, डेनिसा थुलुङ र बालकलाकार किम अन्हेको अभिनय रहेको छ । बिक्रम नेम्बाङले छायांकन गरेको उक्त म्युजिक भिडियोको सम्पादन मनिष कार्कीले गरेका हुन । मुनलाइट फिल्म्सको प्रस्तुति उक्त गित भर्खरै सार्वजनिक भएको थियो ।  sanjib4