साईप्रस,४ फागुन । नेपाल तामाङ घेदुङ साईप्रसको आयोजनामा “तामाङ जातिको उत्थान, भाषा , धर्म र संस्कृतिको सम्बर्द्धन ” भन्ने मुल नाराका साथ महा-मञ्जुश्री संम्वत २८५२सोनाम ल्होछार ‘ टे ‘ल्हो (बॉंदर वर्ष) लाई बिदाई गर्दै सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा वर्ग) लाई स्वागत गर्दै बृहत सॉंस्कृतिक कार्यक्रम भव्य रुपमा मनाइएको छ।
घेदुङ साईप्रसले स्थापना भएको स्थापना भएको प्रथम वर्षमा नै बृहत सॉंस्कृतिक कार्यक्रमको आयोजना गरेको हो।
नेपालबाट अतिथि कलाकारहरु चर्चित म्हेन्दोमाया गायक तथा बरिष्ठ संगीतकार हेम वाइबा र साउथ एसियन स्टार पप लोक सेलो गायक, गीतकार तथा संगीतकार अशुसेन लामाको दर्जनौं सांगीतिक कोसेलीहरु पस्किएर बेजोड प्रस्तुतिद्वारा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए । स्थानीय कलाकारहरुबाट शुरु भएको दोश्रो चरणको कार्यक्रमको सन्चालन नेपाल तामाङ घेदुङ साईप्रसकी महासचिव मनमाया तामाङ (माया लोप्चन) र लक्ष्मी ब्लोन तामाङले संचालन गरेका थिए। साईप्रसको चारैतिर छरिएर रहेका नेपालीहरुको उपस्थितिले नै कार्यक्रम भव्य रुपमा सफल भएको नेपाल तामाङ घेदुङ साईप्रसकी महासचिव मनमाया तामाङ (माया लोप्चन)ले जानकारी दिएकी छिन् ।
एनआरएनए/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) साईप्रसकी महिला प्रतिनिधि तथा चितवन सेवा समाज साईप्रसकी अध्यक्ष जसमाया पुन मगर प्रमुख अतिथि र विशेष अतिथिको रुपमा एनआरएनए/ एनसीसी साईप्रसका अध्यक्ष सुवास मल्ल र एनआरएनए साईप्रसका उपाध्यक्ष विरन पुन मगर थिए भने अतिथीहरु एनआरएनए साईप्रसका महासचिव सन्तोष बडाल , एनआरएनए साईप्रसका युवा प्रतिनिधि योवाङ घले ,संघिय समाजवादी फोरम साईप्रसकी अध्यक्ष सोनिया शेर्पा, शेर्पा किदुक साईप्रसकी उपाध्यक्ष जेनी शेर्पा, अन्तराष्ट्रिय कलाकार मंच साईप्रसकी अध्यक्ष कोपिला दाहाल सुवेदी , नेपाल तामाङ घेदुङ साईप्रसकी प्रमुख सल्लाहकार ज्ञानु तामाङ, याङ्की ह्योल्मो ,खुशी कार्की , निलु खनाल ,सुरेश शाह लगाएतको उपस्थिति तथा नेपाल तामाङ घेदुङ साईप्रसकी अध्यक्ष सितामाया तामाङ(नानु गोम्जा) को सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन नेपाल तामाङ घेदुङ साईप्रसकी महासचिव मनमाया तामाङ (माया लोप्चन) ले संचालन र नेपाल तामाङ घेदुङ साईप्रसकी सचिव लक्ष्मी ब्लोन तामाङकी स्वागत मन्तव्य दिएकी थिईन्।
साईप्रसको लिमासोलमा आयोजना भएको कार्यक्रममा राष्ट्रप्रति सम्मान स्वरुप राष्ट्रिय गान बजाई शुरुवात गरिएको थियो। नेपाल तामाङ घेदुङ साईप्रसकी सचिव लक्ष्मी ब्लोन तामाङकी स्वागत मन्तव्यबाट शुरु गरिएको कार्यक्रम औपचारिक र अनौपचारिक गरि दुई चरणमा गरिएको थियो। प्रमुख अतिथि र सभापतिद्वारा संयुक्त रुपमा नाङ्साल प्रज्वलन गर्दै औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो।