सोमबार, भदौ ३१, २०८१

कबुल गरेको पैसा नदिनेलाई एनआरएनए जापानको रेड कार्ड

शान्त पहरी,टोकियो,३ फागुन । पैसा हुनेहरूको संगठन भनेर चिनिने संस्था ग़ैर-आवासिय नेपाली संघ (एनआरएनए) जापान च्याप्टरमा दिन्छु भनेर कबुल गरेको पैसा नदिनेलाई रेड कार्डको व्यवस्था गर्न लागेको छ ।
एनआरएनए जापानको बिभिन्न कार्यक्रम तथा शिर्षकमा सहयोग रकम बोलेर पटकपटक ताकेता गर्दा पनि खातामा दाख़िला नभईपछी सार्वजनिक सूचना नै जारी गरेको छ ।
एनआरएनएको कुनै पनि पद वा बिभागमा उमेरद्वारी दिदा वा मनोनीत हुदा समितिबाट ग्रिन सिफारिस दिने ब्यवस्था गरिएको छ, यदि आर्थिक हिसाव बॉकि रहन गएको खण्डमा रेड सिफारिस कार्ड दिईने र सो ब्यक्ति कुनै पनि पदको लागि योग्य नरहने वा उमेरद्घवारी दिन, मनोनीत हुन र बिभागिय ज़िम्मेवारी दिनबाट बन्चित गरिने साथै रातो अक्षरले नामावली प्रकासन गरिने निर्णय गरेको एनआरएनए जापानका सचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।
साथै रातो लिस्टमा पर्नु हुने महानुभावहरुलाई पत्राचार भै सकेकोले थप जानकारी चाहिएमा एनआरएनए जापानका कोषाध्यक्ष दिपक थापासंग समन्वय गर्नु हुन समेत जानकारीको लागि अनुरोंध गरेको अध्यक्ष सुदन थापाले बताउनु भयो । एनआरएनए भवन , गत वर्ष संचालन गरेको महा जत्र्आआ , नेपाल फेस्टिवल जस्तो प्रोग्रामको एक जनाले २ लाख येनसम्म बोलेर पैसा लिन बाकी रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।