सोमबार, भदौ ३१, २०८१

स्याङ्जा समाज जापानको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सागरमणी भण्डारी सर्वसहमत

टोकियो,१ फागुन । स्याङ्जा समाज जापानको आइतबार टोकियोमा सम्पन्न तेस्रो अधिवेशनले सागरमणी भण्डारीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिती सर्वसहमति गठन गरेको छ ।
स्याङ्जा जिल्लाबाट जापान आई बसोबास गर्ने स्याङ्जालीहरुको संस्था स्याङ्जा समाज जापानको तेस्रो अधिवेशन भब्य सब्य रुपमा सम्पन्न भएको हो ।
नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सुरेश रेग्मी, उपाध्यक्षद्धयमा ध्रुब ज्ञवाली, योगन थापा, महासचिबमा मुक्ती सुबेदी, सचिब बेद कार्की, कोषाध्यक्ष बिक्रम अर्याल, सह(कोषाध्यक्ष प्रदिप सेन ठकुरी चयन हुनुभएको छ ।
त्यसै गरी सदस्यहरुमा बिन्दु सेन, अमृता बस्नेत, गिता न्यौपाने, कल्पु जिसि, दिपक न्यौपाने, खेम जिटी।, रोशन प्रताप छेत्री, अर्जुन हमाल, लक्ष्मण ढकाल, अरमान गुरुङ्ग, चित्र गुरुङ्ग, भक्त खत्री, पदम चापागाँइ, सुरेश कुमार जि। टि।, सागरमणी न्यौपाने चयन हुनुभएको छ ।