टोकियो,२९ माघ । प्रवासी नेपाली मंच जापान (ओएनएफ )जापानको विधार्थी विभागद्वारा नेकपा एमालेका केन्द्रिय सदस्य युवा नेता ठाकुर गैरेको प्रमुख आथित्यतामा टोकियोमा अन्तक्रिया हुने भएको छ ।
भोली फेबअरी १२ तारीख़ आइतवार सो अन्तक्रिया हुने भएको मदन चापागाईले जानकारी दिनु भयो ।
आज ५० औ लाख युवाहरू विदेश भूमिमा छौ तर हाम्रो मन हाम्रो देश मै छ अनि हाम्रीले सपना पनि हाम्रो देश कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुरा नै देखिरहेका छौ । यो अवस्थामा हामी विदेशमा बस्ने युवाहरूले कस्तो भूमिका खेल्न सकेमा देशमा रोजगारी सृजना गर्न सकिन्छ आज हाम्रो सामु गम्भिर प्रस्न सृजना भएको छ । त्यसैले जापानमा भएका विभिन्न संघ सस्था , वुद्दिजिवीहरू , विधार्थीहरूसंग छलफल गरि केहि निस्कर्षमा पुग्न सकिन्छ की भन्ने उदेस्यका साथ कार्यक्रम आयोजना गरिएको ओएनएफ जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले बताउनु भयो ।
सो आयोजना हुन गई रहेको अन्तरक्रिया कार्यक्रममा सहभागि भई आफ्नो अमुल्य विचार राख्न ओएनएफ जापानले अनुरोध गरेको छ ।
बक्ताहरू:-“जापानमा नेपाली बिद्यार्थीहरूको समस्या तथा न्यूनीकरण” : प्रस्तोता डा बिजय ज्ञवाली
संमृद्ध नेपाल निर्माणका निम्ति प्रवासी विद्यार्थीको भूमिका”: प्रमुख अतिथी ठाकुर गैरे
मिती : २०१७-०२-१२ आईतबार
स्थान : टोकियो रोधी घर सिनओकोबु ।
समय : दिनको २:००
विधार्थी विभाग प्रमुख : अच्यूत लोहनी
०८०५५४१५३३१ :
आयोजक : प्रवासी नेपाली मन्च, राष्ट्रीय कमिटी जापान (विधार्थी विभाग )