काठमाण्डौं,२७ माघ । गायक प्रकाश कटुवाललाई अध्यक्षमा निर्वाचित गर्दै रामेछाप साँस्कृतिक कलाकार समाजको भेला सम्पन्न भएको छ ।
काठमाण्डौंमा आज विहिवार भएको भेलाले कार्यसमितिमा अत्यन्तै जुझारु टिम निर्वाचित गर्दै भेला सम्पन्न गरेको छ । आगामी दिनमा रामेछापका कलाकारहरुको हितमा सदैव काम गर्ने नवनिर्वाचित अध्यक्ष कटुवालले बताउनु भयो ।
अध्यक्षमा प्रकाश कटुवालसहित बरिष्ठ उपाध्यक्ष रामकुमार पौडेल,उपाध्यक्षद्धयमा सीता थापा, रामकुमार कार्की सुन्दर बिरही पाख्रीन ,महासचिव उत्तम पौडेल,प्रवक्ता कुमार कार्की,सचिव बिफा घिसिङ् ,सहसचिव उत्तम सुबेदी कोषाध्यक्ष नबिना घिसिङ् ,सह-कोषाध्यक्ष ,युनिक भोजराज बि.क, सदस्यहरुमा प्रेमशिला योञ्जन्, सन्ध्या शानु घताने सुन्दर गोपाल पौडेल , सुरज लामा (घिसिङ्) , एच्. बी. कार्की बिन्दास् ,तीर्थ बिरक्त पाख्रीन्, बिनोद लामा ,सुशान्त कार्की , एच्. बी. रसाईली, संगम लामीछाने निर्वाचित भएका छन् ।