बिहिबार, बैशाख १३, २०८१

एमाले नेता ग़ैरेलाई जापानमा फिजा र ओएनएफको स्वागत

शान्त पहरी,टोकियो,२७ माघ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा अनेरास्वबियुका पूर्व अध्यक्ष ठाकुर ग़ैरेलाई जापानको टोकियोस्थित नारिता एयरपोर्टमा स्वागत गरेको छ ।

बिहिवार दिउसो एक हप्ताको औपचारिक कार्यक्रममा फिसा एक्स्त्रओदिनरी कांग्रेसमा सहभागी हुन जापान आएका नेता ग़ैरेको स्वागतको लागी प्रवासी नेपाली मंचका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ,सदस्यद्वय सागर रिजाल,लक्ष्मी पान्डे र सुजन पन्तले स्वागत गर्नु भएको थियो र फिजा प्रतिनिधि मन्डल जापानले पनि स्वागत गरेको थियो ।

एक हप्ताको बीचमा नेता ग़ैरेले यहाँको विकास र जापानवासी नेपालीसंग महत्वपूर्ण भेटघाट गर्ने जानकारी दिनु भएको छ । नेता ग़ैरेको साथमा नेकपा एमाले केन्द्रिय कानुन बिभाग सदस्य ओम प्रसाद थपलिया पनी जापान आउनु भएको छ ।