शुक्रबार, असार ०१, २०८१

गायिका सन्ध्या सुस्केराको एकल एल्बम सन्ध्या बजारमा

टोकियो,२६ माघ । नेपाली गीत संगीतमा नव रचनाकार ,गायिका तथा मोडेल सन्ध्या सुस्केराले सन्ध्या नामक गीति संग्राह बजारमा ल्याएको छ ।

यो संग्राह संगै नेपालि गीत संगीत क्षेत्रमा थप एल्बम भण्डार गरेकी छिन भन्दा दुईमत नहोला । स्कूल जीबनको सानै उमेर देखि नै दाजुहरूको प्रेरणाले गीत संगीतमा आगड़ि लागिपर्नु भएको सन्ध्या रामेछाप जिल्लाको लखनपुर-७ थापागाउँमा २०४० मा जन्मेकी हुन । गाउँ छोडेर काठमान्डौ आए देखि गीत संगीतलाई निरन्तरता दिन नसकेकी सन्ध्याले क़रीब २ बर्षको दुबई बसाई पछि आफ्नो पहिले एल्बम सन्ध्या लिएर बजार बजारमा ल्याएको बताउछिन । साथै उक्त एल्बममा रहेको एउटा गीतको भिडियो पनि सर्बजानिक गरेको छ । सन्ध्या एल्बममा समाबेश उक्त गीतमा स्वर मेलिना राई,शब्द सन्ध्या सुस्केरा, संगीत टिका बमजन र एरेन्जर पवन वाङ लामाको रहेको छ।

सिने क्रू एन्ड मिडियाको प्रस्तुति रहेको उक्त गीतको भिडियोलाई आर. बी. लामाले निर्देशन गरेका हुन। मिस्टर वर्ल्ड २०१६ गणेश अग्रवाल र सन्ध्या सुस्केराको अभिनय रहेको उक्त भिडियोलाई दीपेन्द्र भट्टले छायाङ्कन तथा सम्पादन गरेका हुन । सन्ध्या एल्बमले नेपालि गीत संगीत क्षेत्रमा छुटै स्थान कायम गर्नेछ भन्ने आशा गर्न सकिन्छ ।

भिडियो हेर्नुहोस्…