बुधबार, असोज ०२, २०८१

टोकियोमा बृहत् अन्तरक्रिया सम्पन्न

जापान,२४ माघ । केहि समय यता जापानमा आत्महत्या लगाएत घटनाहरू बढ़ेपछी प्रवासमा नेपालीको समस्या ,चुनौती र सम्भावना बिषयमा छलफल गर्न बिज्ञहरुकाबीच अन्तरक्रिया सम्पन्न गरेको छ ।
फेब्रुवरी ५ तारिख आइतबारको दिन टोकियोमा जापानको लागी नेपाली कार्यबहाक राजदूत कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथ्यतामा बृहत् अन्तरक्रिया सम्पन्न भएको थियो ।

बाँके बर्दिया मैत्री समाज जापानको आयोजना ,नेपाली राजदुतावास जापान र गैर आबशिय नेपाली संघ ,जापानको बिशेष सहयोग र बिभिन्न जापानमा क्रियासिल विभिन्न संघसंस्थाको सहकार्यमा भएको सो कार्यक्रम समयको अभावले बिषयबस्तुमा बिज्ञहरुको प्रस्तुति हतारहतार गर्नु परेको थियो । कार्यक्रममा ओम गुरुङ, महेश श्रेष्ठ , अनुज थापा , जिज्ञान कुमार थापा , डा.होम बहादुर रिजाल , डा.प्रकाश शाक्य , डा.सन्दीप शाक्य , डा.विजय ज्ञवाली , अनिता गुरुङ , प्रदिप थापा लगायतका बक्ताहरुको प्रस्तुति रहेको थियो ।
बिषयबस्तु माथी बिज्ञको प्रस्तुतिपछी अन्तिममा केहि समय अन्तर्कृया भएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रमको जापानमा क्रियासिल अधिक सबै जसो संघसंस्थाहरूको अध्यक्ष तथा प्रतिनिधि सहभागिता रहेको थियो ।