बिहिबार, बैशाख ०६, २०८१

नागोयामा सोनाम ल्होछार भब्य रूपले सम्पन्न (फोटोफिचर ) 

सञ्जय तामाङ,
नागोया,२४ माघ ।
तामाङ समुदायको महान चार्ड मन्जुश्री सम्वत् २८५३औ ज्या ल्हो (चरा बर्ग्)  सोनाम  ल्होछार बिगतका बर्षहरुमा झै यस बर्ष पनि नागोयामा भब्यताका साथ सम्पन्न भएको छ ।
नेपाल तामाङ समाज च्युबु क्षेत्रीय समिती नागोयाद्वारा फेब्रवरी ५ मा मुख्य आयोजना गरिएको कार्यक्रममा २८५२ टे ( प्रे)  ल्होलाई बिदाइ गर्दै २५५३औ ज्या ल्हो( चरा बर्ग् ) लाई स्वागत रमझमका साथ गरिएको समितिका अध्यक्ष सुर्य थिङ तामाङ्ले बताउनु भयो । संसार भरीका छरिएर बसिरहेका तामाङहरु एक हौ!हाम्रो भाषा ,धर्म,सस्कार्,संस्कृति, भेषभुषा रितिरिवाज रिमठिमलाई जगेर्न गरौ भन्दै सम्पन्न भएको हो  ।

तामाङ समाज नागोया जापानका अध्यक्ष सुर्य ब थिङ तामाङको सभापतित्वमा रहेको उक्त कार्यक्रमको सन्चलान संस्था सह-सचिब सुनिल योन्जन र उद्घोषिका शान्ति लामाले सन्चलान गरेको थियो । नेपाल आदिवासी जनजाति महासंघ तोकाइका अध्यक्ष कान्छा शेर्पाको प्रमुख अतिथ्यमा सम्पन कार्यक्रममा एनआरएनए आइसीसी सदस्य तथा तोकाइ एरिया संयोजक समाज सेबी समिका सुपरमर्केट्का प्रो पारसमणी पोखरेलले विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल मगर सङ्घ अध्यक्ष गङ्गा घर्ती मगर्, किरात राइ यायोख्खा जापान अध्यक्ष बिधन राइ,शेर्पा सङ्घ जापानका सह अध्यक्ष पेम्वा शेर्पा,धादिङ समाज जापानका अध्यक्ष राज कुमार अधिकारी,लागयतका सङ्घसस्थाहरुको प्रतिनिधिको रुपमा सहभागी रहेको थियो । कलाकारहरु आर के स्याङतन्, अभी तामाङ , प्रीती तितुङ्, हालसलै (साकुरा ) नामक एल्बम बजारमा ल्याएका जापानमा पढाइ सङ्गै आफ्नो साङ्गितिक यात्रालाई पनि आगडी बढाइ रहेका स्याङ्तान आर के ,श्याम सितालाले तिमीलाई सम्झिएर कती रात देखी नय पुरान गित गएर पुरै हल तातएका थियो भने जित गित एवक हस्य ब्यङया दिएर दर्सकलाई हसाउनु भएको थियो ,नव गायक छबी लामा तामाङले अस्यङकी ल्होछार्,लिपिको डाडा, छोरी गित गाउदा दर्शकलाई छेक्न स्वयम सेवकलाई हम्मेहमे भएको थियो अन्य गायक राजीव लामा र गायक कर्मा दोङ तामाङ्ले पनि आफ्नो जोडदर प्रस्तुती दिएका थिए ।
कार्यक्रमको अन्तिममा डिजे सुस्याङले क़रीब एक घन्टा थप मनोरन्जन दिलाएक थियो ।

शान्ति दिपा प्रज्वलन गरी राष्ट्रीय गान भुमी अर्थता नेपालको माटोलाई सम्जिएर उद्घाटन कार्यक्रमलाई सहयोग गर्नु भएको सहयोगी खर्वा लाल तामाङ्लाई दोसल्ला ओडाएर सम्मान गरेको थियो । साथै अन्य सहयोगीहरूलाई विशेष सम्मान गरिएको थियो
कार्यक्रममा उत्सहजनक उपस्थित रहेको थियो । कार्यक्रमलाई सब्य एवम भब्य बनाउनका लागि सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै समाजका अध्यक्ष सुर्य बहादुर थिङ तामाङ्ले सभा बिसर्जन गर्नु भएको थियो ।

केहि झलक

nagoya nagoya2 nagoya4 nagoya5 nagoya3 nagoya6