बिहिबार, असोज २४, २०८१

कराँते खेल सम्बन्धी अन्र्तराष्ट्रिय प्रबिधी सम्मेलन सम्पन्न

टोकियो ।  जापान कराते फ़ेडेरेशन(JKF) र जापान वादाखाई कराते संघको आयोजनामा जापानको टोक्योको ईकेबुकुरोमा फेब्रुअरी २-५ सम्म भै भैरहेको कराते सम्बन्धी अन्तराष्ट्रिय प्रबिधि सम्मेलन सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय स्तरमा भैरहेको आधुनिक प्रबिधी सम्बन्धी जानकारी दिने उद्देश्यले सो सम्मेलनको आयोजना गरेको आयोजकले जनाएको छ । उक्त सम्मेलनमा नेपाल वादखाई करातेको महा-सचिब नारायण बहादुर मगरको नेतृत्वमा सचिब आइत मान तामाङ, कोषाध्यक्ष सन मान गोले र केन्द्रिय सदस्य सूजिन्द्र के.सी. चार सदस्य टोलीले सहाभागिता जनाईरहेको थियो । उक्त अन्तराष्ट्रिय प्रबिधि सम्मेलनमा नेपाल लगायत बिभिन्न देशको अन्तराष्ट्रिय कराते खेलाडीहरूले सहाभागिता रहेको थियो । यसै क्रममा उक्त अन्तराष्ट्रिय प्रबिधि सम्मेलन नेपालको तर्फबाट सहाभागिता जनाईरहेको अन्तराष्ट्रिय कराते खेलाडीहरूलाई बिभिन्न संघ संस्थाको प्रतिनिधिहरूले सम्मान गरेको छ ।

नेपाल तामाङ समाज, जापानका अध्यक्ष कर्म वांगेल लामा शेर्पा संघ जापानका अध्यक्ष गेलू शेर्पा मकवानपुर समाज जापानका अध्यक्ष बच्चूराम आर्याल र मगर संघ जापानका सदस्य मोहन थापा मगरले टोक्योमा स्वागत तथा विदाई गर्नु भएको छ।