बिहिबार, फागुन ०१, २०८१

तेरियालाई शान्तिदुत रुपमा घोषणा गर्न मन्त्रीपरिषदमा प्रस्ताव लान्छु : रक्षा मन्त्री

काठमाडौं,२३ माघ । भारतकै ठूलो मानिएको रियालिटी शो जितेर चर्चामा आएकी तेरियालाई सरकारले सम्मान गर्ने रक्षामन्त्री बालकृष्ण खाँणले बताए । मन्त्री खाँडले भने, ‘तेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभाको रुपमा घोषण गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताउनु भयो ।

डान्स रियालिटी शो ‘झलक दिखला जा’ विजेता तेरिया फौजा मगरले नेपाल र नेपालीहरुको लागि काम गर्ने बताईकी छिन् ।
शनिबार रिपोर्र्टर्स क्लवमा आफूलाई अनलाइन भोटिङ गराएर जिताउने नेपालीलाई धन्यवाद पनि दिइन् । कार्यक्रममा बोल्दै तेरियाले भनिन्, ‘मलाई ‘डिआइडी’मा जस्तै ‘झलक दिखला जा’ पनि भोट दिएर जिताउनु भएकोमा सबैलाई धन्यवाद दिएकी छिन् ।
टेरिया मगर फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा मन्त्री खाँणले भने, ‘टेरियाले सानै उमेरमा देशको लागि ठुलो योगदान दिएकी छन् । उनको योगदानले नेपाल र नेपालीको शिर उचो बनाएको छ, भावी पुस्ताको लागि अनुकरणीय र वर्तमान स्थितिका वालबालिकाको लागि आर्दशको रुपमा तेरिया अघि आएकी छन् ।’ उनले आवश्यकता पुर्ति गर्न सरकार जहिलेपनि सकारात्मक रहेको र टेरियाको योगदानको उच्च कदर गर्ने बताएका छन् ।
टेरिया फाउण्डेशनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’को बिजेता तेरियाले आफ्नो क्षमताले मात्रै बिजेता बनेको हैन ‘मेरो क्षमतासंगै देश तथा बिदेशमा रहेका तमाम नेपालीहरूको भोटिङको अमूल्य सहयोगले म सफल भएकी हुँ । उनले नेपालमा बसेर केही काम गरेर टेरिया मगर नामले चिनिने बताउँदै नेपाल र नेपालीहरुको लागि काम गर्ने बताईन ।