बिहिबार, असोज २४, २०८१

पिकीं घिसिङलाई मिस तामाङ २०१७ को उपाधि 

काठमाडौं,२३ माघ । मिस तामाङ २०१७ को ताज ३४ प्रतिस्पर्धीलाइ पछि पार्दै कन्टेस्टेन्ट नम्बर ३२, काठमाडाैंकी पिंकी घिसिङले जित्न सफल भएकी छिन् ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा बिजेता घोषणापछि गत वर्षकी मिस तामाङ उर्मिला योन्जनले उनलाइ ताज पहिरिदिएकी हुन् । उनले उपाधि सहित एक लाख नगद प्राप्त गरेकी छन् । उनी एक वर्ष सम्म सिभिल ग्रुपको ब्रान्ड एम्बासडर भएकी छन् । एभरेस्ट फेसन होमद्वारा सोनाम ल्होछारको अवसरमा आयोजित दसाैं संस्करणको यस प्रतियोगितामा एकजना तामाङकी छोरी नेपालको प्रधानमन्त्री बन्न सक्छ या सक्दैन ? किन र कसरी भन्ने प्रश्नको उत्तरमा निर्णायकको मन जित्दै उनी ताज पहिरिन सफल भएकी हुन् । कार्यक्रममा इन्जिनियर तथा सिभिल ग्रुपका प्रमुख इच्छाराज तामाङ प्रमुख निर्णायकमा थिए ।
निर्णायकमा क्याप्टेन विजय लामा, नायिका छुल्ठिम गुरुङलगायत थिए । यस अघि जेनिशा मोक्तान, उपाली ग्याबाक, समी बज्यु, रोजिना घिसिङ, सुमि मोक्तान, लाक्पा तामाङ, मुनाश्री तामाङ, लक्ष्मी मोक्तान तामाङ र उर्मिला लामा योञ्जनले मिस तामाङको ताज जिति सकेका छन् ।